कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पत्रकारितामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । धनगढीमा नेपाल राष्ट्रिय मगर संघको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘ओलीले पत्रकारलाई गुलेली, ढुङ्गा हान्नु भने अरे,’ देउवाले प्रश्न गरे ‘उहाँलाई पत्रकार त कलम हो भन्ने थाहा हुनुपर्ने हो नि रु कलमभन्दा बलियो गोली त हुन सकेन, गुलेली, ढुंगाले के हुन्छ र रु उनले अगाडि थपे ‘त्यस कारण यो बुझे हुन्छ, पत्रकारले कलम चलाए भने ओलीका दिन गए ।’
उनले सरकार महँगी, कर, हत्या, हिंसा घटाउनुको सट्टा उल्टै बढाउनतर्फ केन्द्रित भएको भन्दै सरकार हत्यारा बचाउनतर्फ लागेको बताए । उनले भने भ्रष्टाचार के घटाउँथ्यो सरकार रु उल्टै लुट्सके लुट भन्ने गीतमा प्रतिबन्ध लगायो । आफैँ लुटेका हुनाले प्रतिबन्ध लगायो,’ देउवाले भने ।
अब नेपाली काँग्रेसले ओली सरकारको लुटतन्त्रविरुद्ध राष्ट्रव्यापी संघर्ष गर्ने देउवाले बताएका छन् ।
नेकपाको सरकार गठन भएसँगै देशका विभिन्न ठाउँमा हत्याहिंसा तथा आर्थिक अनियमितताका घटनाहरु बढ्दै गएका बताउँदै सभापति देउवाले आउँदो चुनावमा जनताले देखाइदिने चतावनी दिए ।
प्रतिपक्षको भूमिका आगो लगाउने, रेलिङ भाँच्ने मात्रै नभएकाले आफ्नो पार्टीले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको देउवाको भनाइ थियो। उनले वर्तमान सरकारलाई कांग्रेसले चुनावबाटै प्रतिस्थापन गर्ने दावी जिकिर गरे।
टीकापुरमा आपसी मेलमिलापको अवस्था विकास भएको प्रति खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सबैको सहयोगको खाँचो रहेको औँल्याए ।
अर्को प्रसंगमा सभापति देउवाले पार्टी अधिवेशनको मुखमा आफ्नाविरुद्ध गलत प्रचारबाजी भइरहेको आरोप लगाए । ‘वर्तमान पार्टी सभापतिलाई अधिवेशनको मुखमा नराम्रो भन्ने नै भए’ उनले भने–‘मलाई नराम्रो भन्नेमात्रै हैन पार्टी सभापति लड्न पनि छूट छ।’
प्रतिक्रिया