मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन, समिकरण वनाउने प्रयासमा उम्मेदवार

एनआरएनए अमेरिका निर्वाचन, समिकरण वनाउने प्रयासमा उम्मेदवार


हिमालयखवर संवाददाता-
अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका) नयां नेतृत्वका निर्वाचनका लागि उम्मेदवार हुन चाहनेहरु विच सहमति र समिकरणको प्रयास भईरहेको छ ।
 
मंगलवार देखि उम्मेदवार दर्ता शुरु हुने भएकाले पनि भित्र भित्र प्यानल वनाउने र सहमति प्रयास भएका हुन् । तर,प्यानल वनाउन अध्यक्षका मुख्य तीन जना उम्मेदवारलाई सकस भईरहेको छ ।
 
एनआरएनए अमेरिकामा संस्थापन पक्षमा सुनिल शाह उम्मेदवारका रुपमा देखिएका छन् । शाहको उम्मेदवारीलाई वर्तमान अध्यक्ष डा केशव पौडेलको समुहले सहयोग गरिरहेको छ । संस्थापन पक्षमा माहोल वनाउन लागि परेकाहरुका अनुसार अध्यक्षको उम्मेदवारी घोषणा गरेका टेक्ससका डा अर्जुन बन्जाडे सहमतिमा आएका छन् । अध्यक्षमा उनले सुनिललाई सघाउने र उनी वरिष्ठ उपाध्यक्षमा उठ्ने सहमति भएको वताईएको छ । तर, बन्जाडेले आधिकारिक रुपमा यसको पुष्टि गरेका छैनन् ।
 
संस्थापन पक्षको यो सहमतिमा असहमतिपनि छ । वरिष्ठ उपाध्यक्षमा अमृत सापकोटालाई समर्थन गर्नुपर्ने अडान संस्थापन पक्ष भित्र वलियो रुपमा उठेको छ । सापकोटाले उम्मेदवारी दिएभने संस्थापन पक्षको सहमति र समिकरणमा समस्या आउने छ । सापकोटापनि अहिलेसम्म वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने पक्षमा छन् ।
 
अर्का  उम्मेदवार सुर्य लम्साललाई पनि संस्थापन पक्षले महासचिवमा सहमति गर्न प्रस्ताव राखेको थियो । यसलाई लम्साल समुहले सिधै अस्विकार गरेको छन्  । लम्साल समुहपनि संस्थापन पक्षभित्रका समुहलाई आफ्नो पक्षमा ल्याउन जोड गरिरहेको छ । लम्साल समुहले अध्यक्षमा समर्थन दिए सापकोटालाई वरिष्ठ उपाध्यक्ष लगायत अरु पनि पदाधिकारीमा पनि सहमति गर्न तयार रहेको सन्देश दिईरहेको छ । लम्साल समुह डा पौडेल पक्षका केही मतहरु आफ्नो पक्षमा आउने आकलनमा छ  । लम्साल समुह र डा पौडलका विच यस विषयमा केही दिन अघि वार्ता पनि भएको स्रोतको दावी छ ।
 
यदी यसरी सहमति भयो भने संस्थापन पक्षलाई नतिजा आफ्नो पक्षमा पार्न कठिन हुने छ । यस वाहेक उपाध्यक्ष र महासचिवमा पनि कसलाई समर्थन गर्ने भन्नेमा संस्थापन पक्षे एक मत छैन । महासचिवमा गोपेन्द्र भट्राई र पशुपति पाण्डे विच संस्थापन पक्षमा कसलाई प्यानलमा राख्ने भन्ने सकसमा छ । सचिवमा भने अमृत कट्टेल वलियो देखिएका छन् ।
 
अर्का अध्यक्षका उम्मेदवार संजय थापापनि चुनावमा प्रभावित पार्न सक्ने समुहलाई आफ्नो पक्षमा ल्याउन प्रयासरत छन् । उनी पनि एउटा समुहको बलमा उम्मेदवारी भएकाले सहमति गर्न कठिन देखिएको हो । थापा अहिले कुन समुह आफ्नो समर्थनमा आउन सक्छ कुन सक्दैन भन्ने लेखाजोखा गरिरहेका छन् ।  उम्मेदवारी दिन तीन दिनको समय छ । यस पछिपनि नाम फिर्ता लिन पाइन्छ । यसले गर्दा अझै केही समिकरण वन्ने र भत्किने संभावना छ ।
 
 
मे को तेस्रो साता एनआरएनए अमेरिकाको निर्वाचन हुने कार्यक्रम छ । अमेरिका वस्ने नेपालीको मुख्य संगठन एनआरएनए अमेरिकामा करिव ९ हजार मतदाता छन् । आगामी दुई बर्षका लागि कार्यसमिति सदश्य, आईसीसी सदश्य र २० च्याप्टरमा पदाधिकारीका लागि निर्वाचन हुदैं छ ।