मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

कुन थरका बढी छन् एनआरएन अमेरिकाको सदस्यमा ?

कुन थरका बढी छन् एनआरएन अमेरिकाको सदस्यमा ?


हिमालय खबर संबाददात
ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको सदस्यता लिएका मध्य कुन थरका बढी होलान् ? कतिपय उम्मेदवारहरुले ‘म फलानो थरको, मेरो थर भएकाले मात्र भोट दिए भने पनि म जितिहाल्छु’ भनेर गफ दिइरहेको सुनिन्छ । 
 
यदी एउटै थर भएकाले मात्र भोट दिएर चुनाव साँच्चै जितिएला त ? त्यो कदापी संभव छैन । तरपनि आम नेपालीहरुमा जिज्ञासा हुनसक्छ–कुन थर भएकाहरु एनआरएनएमा बढी सदस्य छन् त ?
 
यही जिज्ञासाको सेरोफेरोमा रहेर सूचना प्रविधिको क्षेत्रका कार्यरत इन्जिनियर विजयराज भट्टराईले तथ्यांकलाई केलाएका छन् । भट्टराईले एनआरएन अमेरिकाका कुल मतदाताहरुलाई उनीहरुको थर र नाम अनुसार केलाएर तथ्यांक निकालेका छन् । उनले निकालेको तथ्यांक अनुसार सबैभन्दा बढी श्रेष्ठ थरका सदस्यहरु छन्  । 
 
एकहजार ६४ थर भएकाले एनआरएन अमेरिकाका सदस्यता लिएका छन् । चारसय ३८ सदस्यहरुको थर श्रेष्ठ छ । त्यस्तै दोस्रोमा थापा थर भएका छन् । ३ सय ३९ सदस्यहरुको थर थापा छ । 
 
त्यस्तै ३ सय ३८ जना गुरुङ, २ सय ९९ अधिकारी, २ सय ८९ पौडेल, २ सय ६७ शेर्पा थर भएकाले सदस्यता लिएका छन् । 
 
भट्टराईले अर्को चाखलाग्दो तथ्य यो पनि निकालेका छन् कि सबैभन्दा बढी सदस्यहरुको भगवानका नामबाट नामाकरण भएका छन् । पहिलो नाम ‘राम’ भएकाहरु एकसय ७० जना छन् । त्यस्तै कृष्ण भएका एकसय ५०, विष्णु भएका ७९, लक्ष्मी भएका ७६ र हरि भएका ६३ छन् । 
 
वृस्तृतमा हेर्नुहोस् पाइचार्टः