मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा जीवन बीमामा ठगिने डर र बच्ने उपाय

अमेरिकामा जीवन बीमामा ठगिने डर र बच्ने उपाय


बिमा के हो र बुझ्न किन आवस्यक छ ? 

सामान्यतया जीवन बिमाको सम्बन्ध ब्यक्तीको सुरक्षासँग जोडेर हेर्ने गरिन्छ । ब्यक्ति हरेक किसिमबाट सुरक्षित रहन र अकल्पनिय जोखिमको जिम्मा आफ्नो टाउकोबाट बिमा गर्ने कम्पनीलाई दिइ सुरक्षित हुने एक किसिमको संसक्षणको उपाय नै जीवन बीमा हो । 

आजभोली नयाँ किसिमका बीमाका कार्यक्रमले संरक्षण र भविष्यको लागि रकम बचत गर्ने लगानीको माध्यम पनि बनाएको छ । यसको लागि अहिले बजारमा धेरै किसिमका बीमाहरु प्रचलनमा छन । जसलाई छनौट गर्न जानेमा बीमाकर्ताले लगानीको रुपमा पनि उपयोग गर्न सक्ने छन । तर यसको लागि कुनै एउटा मात्र एजेन्टको भर गरेर बीमा लिदा ठगिएका धेरै उदाहरणहरु समाजमा देखिएका छन ।
 
बीमाका प्रकारहरु नबुझेर बीमा लिदा एजेन्टले सजिलै झुक्याएको स्थिती 
बीमालाई सुरक्षा र लगानीको रुपमा हेर्ने बिकसित रुपले बजारमा धेरै किसिमका बीमा कम्पनी र सुबिधा प्रचलनमा आएको पाईन्छ । तर खास गरेर  बीमालाई टर्म (अस्थाई) र स्थायी गरी दुई किसिमबाट बिभाजन गरेको पाईन्छ । 
 
अस्थायी वा टर्म बीमालाई हरेक वर्ष रिन्यू गर्ने वा पाँच, दश, बीस, तीस बर्षको समयावधी तोकेर रिन्यू गर्ने किसिमले तय गरेको हुन्छ । हरेक वर्ष रिन्यु गर्ने बीमामा मृत्यू भए बाफत बाहेक अन्य कुनै किसिमको रकम पाईदैन । यो एक किसिमले हामीले एपार्टमेन्टको भाडा तिरे जस्तै हो ।  अर्को टर्म किसिमकोमा आफुले तिरेको पैसा समेत क्रमशः घटेर शून्यमा झर्ने हुन्छ । यस किसिमको बीमाबाट बिगतमा नेपालीहरुको ठुलो समूहले ठूलो रकम गुमाउनु परेको थियो । 
 
यस्तै किसिम टर्म पोलिसीहरुमा पाँच, दश, बीस, तीस बर्षे बीमाहरु पर्दछन । यस किसिमका टर्म पोलिसीमा हरेक कम्पनीको फरक फरक प्रिमियम दिने नीति हुन्छ । यस किसिमको बीमामा पाँच, दश, बीस, तीस बर्षे म्याद सकिएर रिन्यू गर्दा उच्चदरको प्रिमियम तिर्नु पर्ने हुन्छ । यस किसिमको बीमामा केही रकम पछि फिर्ता आएता पनि कम्पनीले लिने बीमा गरे बाफतको रकम (cost of insurance) कटाएर थोरै मात्र मुनाफा बीमाकर्ताले पाउन्छ । जो लगानीको रुपमा सहि किसिमको छनौट मान्न सकिन्न ।
 
अर्को किसिमको बीमा स्थायी किसिमको हुन्छ । यसमा एक पटक बीमा गरि सके पछि एउटै दरको प्रिमियम तिर्नु पर्ने हुन्छ । यसमा पनि धेरै किसिमका बीमा छन । यसमा बीमा कम्पनीले राम्रो मुनाफा दिन्छ र यसमा पनि धेरै किसिमका बीमा छन । यस प्रकारका केही बीमामा दशवर्ष पछि आफुले बीमा गरेको र कम्पनीले नाफा बाँडेको समेतको ९० प्रतिशत रकम फिर्ता पाउन सक्ने प्रवधान रहेको हुन्छ । यसका साथै बालबालीकाहरुलाई अध्ययन गर्न कलेजको खर्च ब्यहोर्ने किसिम लगाएत बुढेसकालको रेखदेखको औषधीमूलोका लागी बिभिन्न मुनाफा हुने बीमा छन । 
 
हामीले आफैले पनि बीमाका प्रकार र आफ्नो आवस्यकताको बारेमा अध्ययन नगर्दा र कुनै एक मात्र एजेन्टको भर पर्दा उनले कमिसन र कम्पनीलाई पाइदा हुने किसिमका टर्म पोलिसी भिडाउँदा सोझाहरु ठगिने डर हुन्छ । जो अहिले हाम्रो नेपाली समाजमा चलि रहेकोछ । एक पटक तपाईको पोलिसी चेक गरेर हेर्नु होस कतै ठगिनु भएको त छैन ?    
 
आफ्नैबाट हामीहरु कसरी ठगिएका छौ ?
गत वर्ष एक जना साथीले नयाँ घर किने । उनले घर किन्दा लोग्ने स्वास्नीको स्थायी बीमाको दश वर्ष पछि पाउने सुबिधाको ९० प्रतिशत रकम झिकेर घरको मूल्यको २० प्रतिशत डिपोजिट गरेर किनेका थिए । ब्यक्तीले बीमाबाट आम्दानी पनि गर्दछन भन्ने यो सानो उदाहरण हो जो हामी थोरैलाई मात्र थाहा हुन सक्छ । जसका लागि लगानी गर्न पूर्ब साबधानी अपनाउनु जरुरी छ । नत्र फस्ने डर हुन्छ । यसका लागी  धेरै एजेन्टसँग बिश्लेषण गरेर मात्र बीमा लिनु पर्छ । हामी नेपाली बीमाको कागज समेत नपढेर बिश्वासको भरमा बीमा लिन्छौ र एजेन्टले ब्यक्ती भन्दा पम्पनीलाई फाईदा हुने मैलै माथी उल्लेख गरेको टर्म (५,१०, २०, ३० बर्षे) बीमा राम्रो छ भनि भिडाउने गर्छन । 
 
बीमाको एजेन्टको रुपमा काम गर्ने ब्यक्ती सँग प्राय सबैको ठेगाना र फोन नम्वर हुन्छ । यिनीहरुले जब शहरमा कुनै नयाँ साथी भेट्छन उनीहरुसँग सामिप्यता र घनिष्टता स्थापित गर्छन । यति सम्म कि ग्रोसरी (दाल-चामल, साग-तरकारी) किन्न होस वा समाज सेवाको नाममा सहयोग गर्न अग्रसर हुनेछन । यसका साथै साहुजीको पसलमा गएर सामान मिलाउन देखि अन्य सहयोग गरी बीमाको कुनै पोलिसी भिडाउने मनसायले सम्वन्ध दरिलो बनाउने छन । यो उनीहरुले पाएको ब्यापार गर्ने कलाको तालीम हो । 
 
उनीहरु यो पोलिसी भिडाई सके पछि भन्ने छन एकदुई वर्ष सम्म तपाईको पैसा बढ्दैन । केही बर्षपछि राम्रो हुन्छ ढुक्क हुनु होला भन्छन । तर जब तपाई १० वर्षसम्म बिमाको रकम तिरेको तिरै हुनुहुन्छ र तपाईंको पोलिसीको रकम तपाईंले तिरेको बराबर पनि हुदैन भने बल्ल थाहा हुनेछ गलत पोलिसी परेछ भनेर । यदि स्थायी राम्रो पोलिसी भएको भए दश वर्षमा तपाईंले आफ्नो राखेको पैसा र नाफा समेतको ९० प्रतिशत पैसा झिकेर ब्यापार वा अरुमा खर्च गर्नु सक्नु हुन्थ्यो र पोलिसी पनि कायम नै रहन्थ्यो तर टर्म (५,१०, २०, ३० बर्षे ) पोलिसीका कारण तपाईं धेरै सुबिधाबाट बन्चित हुनु हुनेछ र टर्म पोलिसीको म्याद सकिएर भविष्यमा बीमा लिन खोज्दा तपाईको बीमाको प्रिमियम तिर्न नसकिने गरि महंगो हुनेछ । 
 
बच्ने उपाय के हुन सक्छन ?
बीमा नै लिने हो भने सबै भन्दा पहिले त बीमाको बारेमा राम्रो अध्ययन गर्नु जरुरी छ । बीमामा तिर्ने रकम उमेर उनुसार फरक हुने हुँदा कम उमेर भएका ब्यक्तीहरुलाई स्थायी बीमा नै उत्तम हो । कुनै पनि नजिकको नाता वा साथीको रुपमा कुनै एक एजेन्टको भर पर्नु भन्दा पनि गुगलमा सर्च गरेर यसको बारेमा बुझ्ने, कुन कम्पनीले बढी नाफा दिन्छ पत्ता लगाउने र त्यसै उनुसारको बीमाको पोलिसी छनौट गरी बिभिन्न एजेन्टबाट प्रिमियम बुझ्ने र यीनै मध्येमा जसको बीमा राम्रो छ, सो छनौट गरी लिने काम गर्नु राम्रो हुन्छ । बीमा छनौट गरी सके पछि पनि १० दिनको तपाईलाई फ्री लुक पिरियड हुन्छ । हामीलाई बीमा मन परेन भने १० दिनको समय भित्र सबै पैसा फिर्ता पाउन्छौ भनेर एजेन्टले भनेको हुनु पर्छ । तर यहाँ कसैले भनेको देखिदैन । 
 
बीमाको पोलिसी पेपर पाइ सकेपछि आफ्नो पोलिसी कुन किसिमको रहेछ र कति मैले तिर्नु पर्छ र यसको फाईदा के के छ भन्ने कुरा त्यो दश दिनको समय भित्र पढेर नबुझेको ठाउँमा अरुलाई सोधेर मात्र बीमा क्यान्सिल गर्ने वा राख्ने भन्ने प्रवधान हुँदा हुदै पनि हामी अध्ययन नगर्ने हुँदा हाम्रो सोझोपनको फाईदा उठाई एजेन्टहरुले फसाउने गरेको देखिन्छ ।   
 
कुनै पनि एजेन्टले मेरो कम्पनी मात्र राम्रो हो, अरुको पोलिसी काम छैन र यो नै पोलीसी लिनु पर्छ जस्ता कुराहरु गर्न पाउदैनन र यसरी जबरजस्ती प्रभावमा पारेर बीमा बेच्ने गरेमा कानून बमोजिमको कारबाही हुने हुँदा यदि एजेन्टले यस्ता कुरा गरेमा तपाई रेकर्डको रुपमा प्रमाण देखिने रकर्ड राखेर मात्र उनको पोलीसी लिनु होला । नबिर्सनु होला तपाइले हस्ताक्षर गरेर फ्री लुक समय सकिए पछि मलाइ ठग्यो भनेर भन्न पाउनु हुन्न यसकोलागी पुर्ब सावधानी अपनाउनु होला । 
 
बिग्री सकेको पोलिसी सपार्ने उपाय केही छन त ?
सर्ब प्रथम तपाई आफ्नो पोलिसी हेर्नुहोस । कुन किसिमको हो र अहिले सम्म कतिबर्ष तपाइले पैसा तिर्नु भयो र अहिले पोलिसीको भ्यालु कति छ पत्ता लगाउनु होस । यदि तपाइले भरखरै मात्र पोलिसी लिएको हो र पछि थाहा पाउनु भयो कि यो बीस बर्षे टर्म पोलिसि परेछ भनेर । यसमा अब स्थायी र आफुलाई नापामूलक बनाउन के गर्ने त भन्द एउटै मात्र उपाय हो कि दुई तीन जना स्वतन्त्र आर्थिक सल्लासहकार जसलाई धेरै कम्पनीको बारेमा थाहाछ उनीहरुसंग सल्लाह गर्नुहोस र कम मूल्यमा स्थायी र राम्रो भरपर्दो पोलिसीमा तपाईको टर्म पोलिसीलाई बदल्नु होस । 
 
अन्तमा, दुख र पसिना काटेर कमाएको पैसामा हरेकले फाईदा खोजेको हुन्छ । कुनै ब्यक्तीलाई सुरक्षाको बाहनाको नाममा खेर जाने किसिमका टर्म पोलिसी भिडाउनु भन्दा बढी फाइदाजनक बीमाका पोलिसी बितरण गरौ । आफ्नो फाईदा भन्दा पनि अरुको पसिनाको मोलको कदर गरौ । आफ्नै दाजुभाई कोही कसैबाट नठगियोस । 
 
जीवन बीमा हाम्रो जीवनसंग सम्बन्धित भएकाले हामीले पनि कुनै एक जाना मात्र बीमाको एजेन्टको भर पर्नु भन्दा पनि धेरै कम्पनीको बीमा बारे जानकार भएका फ्रीलायन्स फाईनान्सियल जानकारहरुसंग सल्लाह लिएर उपयुक्त पोलिसिबाट छनौट गरौ र आफै पनि स्व-अध्ययन गरौ ।