मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली नयाँ वर्षमा ड्यालस तात्यो

नेपाली नयाँ वर्षमा ड्यालस तात्यो


डालस (टेक्सस) – नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा शनिबार नयाँवर्ष साँझ सम्पन्न भयो । 
 
स्थानीय हस्र्टमा आयोजित नयाँ वर्ष साँझमा नेपालदेखि आएका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । सो अवसरमा नेपालको चर्चित सिस्नुपानी नेपालका तर्फबाट अध्यक्ष लक्ष्मण गाम्नागे लगायत अर्जुन पराजुली लगायतले दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । 
त्यस अवसरमा प्यारोडी गायक रतन सुवेदी, निमा रुम्बा, भगवान भण्डारी, शीला आले लगायतले पनि आफ्नो प्रस्तुति दिएका थिए । 
 
अधिकांश सहभागीहरु सिस्नुपानी नेपालको टीमको प्रस्तुति हेर्नकै लागि भनेर कार्यक्रमस्थलमा पुगेका थिए । 
 
कार्यक्रममा ड्यालसको नेपाली समुदायमा उल्लेखनीय कार्य गर्दै आएका डा. मुरली अधिकारी, विनय अर्याल, सुरेशचन्द्र पोखरेल, समीर ज्ञवाली र भोजबहादुर बलायरलाई सम्मान गरिएको थियो ।