मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


हेटौँडा । हेटौँडा नारायणगढ सडकखण्डको मनहरी र खरङ्गामा आइतबार राति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 
 
चितवनको नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ग१ख ६६२९ नंको बसले पैदलयात्री एक वृद्धलाई ठक्कर दिँदा कैलाश गाउँपालिका वडा नं ४ बस्ने वर्ष ६५ को अक्कलबहादुर प्रजा र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज ८८६७ नंको सुमो जिपले को ८४ त ७४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङ जिल्ला दुधेश गाउँ बस्ने वर्ष ३६ को रवीन्द्रकुमार पोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
यसैगरी हेटौँडाबाट मकवानपुरगढीको धरमपानीमा रोकिराखेको ना८ख ४३२६ नंको टिपरलाई ठक्कर दिँदा ना ३२ ख ८८४९ नंको मोटरसाइकल नै ठोक्किँदा उक्त मोटरसाइकलका चालक गढी गाउँपालिका–४ बस्ने वर्ष ३५ को गोविन्द भोम्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 
ठक्कर दिने बस र सुमोलाई अनुसन्धानका लागि प्रहरीले चालक र सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।