मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रहरी झडपमा राप्रपाका ३५ कार्यकर्ता घाइते

प्रहरी झडपमा राप्रपाका ३५ कार्यकर्ता घाइते


काठमाडौँ । सनातन धर्म सापेक्ष हिन्दूराष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको छ । 
 
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । 
 
घाइतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेताहरु अस्पताल पुगेको राप्रपाले जनाएको छ ।
 
राप्रपाले राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, बेरोजगारी समस्याको समाधान गर्नुपर्नेलगायतका माग राख्दै जनसंघर्षमा उत्रिएको छ ।