मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नयाँ वर्षमा सांगितीक कन्सर्ट हुँदै

नयाँ वर्षमा सांगितीक कन्सर्ट हुँदै


ड्यालस (अमेरिका) – नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले नेपाली सम्वतको नयाँवर्षलाइ भव्य रूपमा मनाउने भएका छन् । 
 
विशेष कन्सर्ट सहित मनाउने क्रममा दुबै संस्थाको संयुक्त अायोजनामा अाउँदो अप्रिल १३ तारिक हर्स बैंकट क्लबका कार्यक्रम गर्न लागिएको जनाएको छ । 
 
इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशील क्षेत्रीले दिएको जानकारी अनुसार यस पटकको कार्यक्रममा गायकहरू निमा रूम्बा, भगवान भण्डारी, अनिस अकेला, रतन सुवेदी तथा गायीका शीला अालेले धमाकेदार प्रस्तुति दिने भएका छन् । नेपाली समाज टेक्ससका अाजीवन सदस्यका लागि प्रवेश निशुल्क रहेको यो कार्यक्रममा सर्वसाधारणले भने प्रवेश शुल्क वापत १५ डलर तिर्नुपर्नेछ । 
 
नेपाली समाज टेक्ससले नेपाली नयाँवर्षलाइ भव्य रूपमा स्वागत गर्दै कार्यक्रमहरू अायोजना गर्दै अाएको छ ।