मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पुर्व प्रधानमन्त्री दाहाल विरुद्ध उजुरी तर अपुष्ट

पुर्व प्रधानमन्त्री दाहाल विरुद्ध उजुरी तर अपुष्ट


हिमालयखवर संवाददाता
अमेरिका- पत्नीको उपचारका लागि निजी भ्रमणमा अमेरिकामा रहेका नेपालका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ लाई आतंककारी भन्दै पक्राउ गर्न उजुरी परेको दावी गरिएको छ ।
 
एकजना नेपाली विद्यार्थी तिलक श्रेष्ठले यस्तो उजुरी गरेको सामाजिक सञ्जाल मार्फत आएको छ । सामाजिक संजालमा उनको उजुरी पत्र सार्वजनिक भएपनि यो प्रकृयासंगत उजुरी हो वा होइन यो पुष्टि भएको छैन । अमेरिकी सरकारको सम्वद्ध निकायले उजुरी परेकोवारेमा कही कतै पुष्टि गरेको छैन ।
 
अमेरिकी सरकारले पूर्वप्रधानमन्त्री दाहाललाई अमेरिकामा नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको छ । यो अमेरिकाले विशेष परिस्थितिमा जारी गर्ने परिपत्र हो । यसले सम्वद्ध निकायलाई उक्त व्यक्तिमाथि कुनै अनुसन्धान नगर्न निर्देशन जारी भएको हुन्छ । यो परिपत्रले अमेरिकामा पर्ने कुनै पनि कानुनी झमेलाको सामना गर्नु नपर्ने तर्क पनि भैरहेको छ । 
 
परिवारका सदस्य सहित अमेरिका आएका दाहाल अहिले राजदुतको पाहुनाका रुपमा वासिंङ्गटन डिसी स्थित नेपाली नियोगमा बसेका छन् ।
 
दाहाल दम्पित्तको यो पहिलो अमेरिका भ्रमण भने होइन । यस अघि पनि दाहाल अमेरिका आएका थिए । नेपालमा पहिलो संबिधान सभाको चुनावमा सबैभन्दा बढी सिट जितेपछि सन् २००९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । त्यतिखेर उनी राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका अाइसकेका हुन् । 
 
प्रचण्ड वाहेक माओवादीका अन्य नेताहरुले पनि अमेरिका आउने जाने गरेका छन् । माओवादीका नेता तथा हालका सभामुख कृष्णबहादुर महरा केही बर्ष अघि अमेरिकी सरकारका अधिकारीसँग कुरा गर्न गोप्य रुपमा अमेरिका आएका थिए ।
 
जनयुद्ध कालमा माअोवादीका सबैभन्दा चर्चित रहेका डा. बाबुराम भट्टराइ पनि पटक पटक अमेरिका अाइसकेका छन् । तस्बिर: सामाजिक संजाल