मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बोलेरो गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु

बोलेरो गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु


चितवन । पूर्वी चितवनको रत्ननगर–१० स्थित निपनी चोकमा बोलेरो गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।

स्थानीय कैलाश टोल निवासी १५ वर्षीय वसन्त थापाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारको क्रममा चितवन मेडिकल कलेजमा बिहान १०ः०५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ९ः३० बजे लाइसियन इन्टरनेसनल मोडल स्कुलबाट घर गइरहेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ५००७ नम्बरको सुलभ मार्केटिङ, रत्ननगरको बोलेरो गाडीले बालकलाई ठक्कर दिएको थियो । आठ कक्षामा अध्ययनरत उनको आजै जन्मदिन परेको उनका सहपाठीहरुले जनाएका छन् । उनले बिहान ट्युसनमा आफ्ना सहपाठीलाई चकलेट बाँडेका थिए ।

बिहानको अतिरिक्त कक्षा पढेर खाना खान घर जाने क्रममा जेब्राक्रसबाट सडक पार गर्दा बोलेरो गाडीले थापालाई ठक्कर दिएको विद्यालयका प्रिन्सिपल डा। वसन्त अधिकारीले बताए । ठक्कर दिने बोलेरो गाडी र चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

दुर्घटनापश्चात् स्थानीयवासीले सडक अवरोध गरेका थिए । आठजना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रण गरी पक्राउ गरेको थियो । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासी र विद्यालयका विद्यार्थीद्वारा राजमार्ग अवरूद्ध भएको थियो ।

राजमार्ग खुलाउन प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ । सोमबार बिहान ११ बजेदेखि अवरूद्ध राजमार्ग प्रहरीले बल प्रयोग गरेर दिउँसो २ बजेमात्र खुलाएको हो ।

अश्रुग्यास प्रहारपछि सडकमा धर्ना दिएर बसेका झन्डै ३०० प्रदर्शनकारी तितरवितर भएका थिए । राजमार्ग खुलाउन सदरमुकाम भरतपुरबाट थप प्रहरी बल ल्याइएको थियो । अवस्थालाई सामान्य बनाउन सशस्त्र र जनपथ प्रहरी परिचालन गरिएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

आक्रोशित भीडलाई साम्य बनाउन नसकेपछि बल प्रयोग गरेर राजमार्ग खुलाउनु परेको प्रहरीको भनाइ छ ।

विद्यालयद्वारा दुःख व्यक्त

विद्यालयका आठ कक्षामा अध्ययनरत होनाहार विद्यार्थी वसन्त थापालाई गुमाउनुपर्दा विद्यालयका प्रिसिन्पल डा वसन्त अधिकारीले गहिरो दुःख व्यक्त गरेका छन् ।

उक्त घटनापश्चात् लाइसियमका विद्यार्थी, शिक्षक, अभिभावक र शुभचिन्तकहरुमाथि इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी प्रशासनले मानवअधिकारविरोधी र तल्लो तहको व्यवहार गरेकोमा उनले घोर भत्र्सना गरेका छन् ।

सोमबार राति नौ बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्ना विद्यार्थी वसन्त थापाको न्यायका लागि मंगलबार पनि विद्यालय परिवारले शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्ने जनाएका छन् ।