मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रत्ननगरमा सरसफाइ र सचेतना अभियान

रत्ननगरमा सरसफाइ र सचेतना अभियान


रत्ननगर । झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्राम रत्ननगर ५ को आयोजनामा सोमबार रत्ननगरको बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामका संयोजक रामचन्द्र महतोको सभापतित्व एवम् रत्ननगर नगरपालिकामा प्रमुख नारायण वनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, वडाका जनप्रतिनिधि र नगरवासीको सहभागिता रहेको थियो । 
 
रत्ननगरको वडा नं ५ बाट सुरु गरिएको सरसफाइ अभियान बजार क्षेत्रमा विस्तार गरिएको संयोजक महतोले बताए । गाउँमा सरसफाइ र प्लास्टिकमुक्त अभियान चलाउँदै आएको संस्थाले सहरबजारका मानिसमा पनि प्लास्टिकको प्रयोग घटाउन सचेतना जगाउँदै सरसफाइ कार्यक्रम गरिएको उनले बताए । 
 
सरसफाइ अभियानमा जर्मनी स्वयम्सेवकहरु मेरियम बक, योहानेस टिड्जेलगायत सहभागी थिए । 
 
झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामले केही वर्षअघिदेखि प्लास्टिकमुक्त अभियान सञ्चालन गर्दै आएको छ । डस्टविन वितरण, समुदायस्तरमा सचेतनामूलक कार्यक्रम, सरसफाइलगायतका कार्यक्रम गर्दै आएको सो संस्थाले रत्ननगर नगरभित्रका सबै विद्यालयमा सचेतना अभियान, शैक्षिक तथा खेलकुद सामग्री वितरण, छात्रवृत्ति कार्यक्रमलगायत वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रम गर्दै आएको छ । 
 
संयोजक महतोका अनुसार गाउँघरमा केन्द्रित रहेको संस्थाले अब बजार क्षेत्रमा सचेतना अभियानसहित सरसरफाइ र डस्टविन वितरण गरिने जानकारी दिए ।