मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा पुष्पकमल दाहाल प्रचण्ड प्रतिको आक्रोस

अमेरिकामा पुष्पकमल दाहाल प्रचण्ड प्रतिको आक्रोस


क्यालिफोर्निया- पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पत्नी र परिवारका केही सदश्य अमेरिका आईपुगेका छन् । दाहाल पत्नी सिताको औषधी उपचारका लागि उनीहरु अमेरिका आएका हुन् । तर, उनीहरुको भ्रमणलाई लिएर अमेरिकामा नेपाली समुदायले समाजिक संजाल मार्फत आक्रोस व्यक्त गरेका छन् ।
 
अमेरिकालाई गाली गर्दै भेनुजुयेलालाई समर्थन गर्दै विज्ञप्ति निकालेका प्रचण्डले त्यही वेला यहां वस्ने नेपाली समुदायको हितलाई वेवास्ता गरेका थिए ।
 
अमेरिका सवैभन्दा वढी नेपाली समुदायले स्थायी रुपमा बसोवास गर्ने देश हो । नेपालले प्राप्त गर्ने रेमिट्यान्समा अमेरिकाको सवैभन्दा वढी हिस्सा छ । गत आर्थिक बर्षमा मात्र अमेरिकावाट १ सय ७० अर्ब रुपैंया नेपाल गएको थियो । गाली गरेकै देशमा औषधी उपचारका लागि किन आउनु पर्यो भन्ने प्रश्न उठेको छ ।
 
माओवादीले २०५१ मा शुरु गरेको कथाकथित युद्धवाट पिडित भएका थुप्रै नेपाली अमेरिकामा छन् । प्रचण्डले नेतृत्व गरेको माओवादी पार्टीले युद्धभन्दै मारेका, आक्रमणमा परेका, चन्दा आतंकले सताईएका थुप्रै नेपाली अमेरिकामा छन् । उनीहरुले आफ्नो परिवारलाई किन मारियो, किन आफ्नो सम्पत्ति लुटियो प्रचण्डसंग अहिले सामाजिक संजालमा यसको हिसाव किताव मागिरहेका छन् ।
 
प्रचण्ड पत्नी सिता आफ्नो स्त्री र मदिरा लम्पट छोराको असमायिक मृत्यु पछि विछिप्त भएकी थिईन् । सन्तानको मृत्यु हुदां विछिप्त हुनु स्वभाविक पनि हो । तर, माओवादी युद्धमा कयौं आमाले सन्तान गुमाए, कयौंले आफ्ना बाबुआमा गुमाएका छन् । उनीहरुपनि विछिप्त भएका छन् ।
 
आफ्नो व्यक्तिगत सम्पत्ति छैन भनेर घोषणा गरेका प्रचण्डका परिवारको अमेरिकामा उपचार गर्ने आर्थिक हैषियत कसरी आयो ? यो पनि समाजिक संचालमा प्रश्न उठाईएको छ ।
 
माओवादी युद्धमा पिडित नेपाली समुदाय प्रचण्डलाई मानवअधिकार उलधंनको आरोप लगाएर अमेरिकामा पक्राउ गरोस भन्ने चाहेका छन् । केही न केही कारवाही उनलाई होस भन्नेहरुपनि छन् ।
 
फेरी पनि नेपाली राजदुत महामहिम अर्जुन कार्कीलाई अर्का शक्तिकेन्द्र प्रचण्डको अघिपछि हिड्ने मौका मिलेको छ । उनलाई व्यक्तिगत रुपमा यसले फाइदा गर्ला । तर, प्रचण्ड नेपालका लागि असफल र उपदेयता सकिएका नेताहुन् । उनी सत्तामा गएपनि अव देश विकास हुन्छ भन्ने आशा आमनागरिकमा छैन । बरु राजनीतिवाट सन्यास लिएहुन्छ भन्ने पक्षमा बहुमत छ ।
 
माओवादीका पुर्व नेता डा बाबुराम भट्टराई अमेरिका आउंदापनि नेपाली समुदायले आक्रोस व्यक्त गरेका थियो ।
 
नेपाल कम्युनिष्ट नामधारीहरुवाट पिडित देश हो । पंचायतकाल देखिनै कम्युनिष्टहरु नेपालको विकासमा वाधक वन्दै आएका थिए । दोहोरो चरित्र बोक्ने कम्युनिष्ट नामधारीका कारण देश गरिब पनि वन्यो । कम्युनिष्ट जहां छन् त्यहां गरिबी र अत्याचार छ । मानवअधिकार छैन । आधुनिकता पुगेको छैन । नेपालको जलस्रोतको उपयोगको सवालमा कम्युनिष्ट नै वाधक वने । आर्थिक उदारिकरण र नीजिकरणमा कम्युनिष्टहरुनै वाधक थिए । कम्युनिष्टहरु जनता धनीभएको देख्न चाहंदैनन् । आफु मात्र धनी हुं भन्ने उनीहरुको चाहना हुन्छ ।  अहिले नेपाल यसै वाट पिडित छ । कम्युनिष्टको भ्रमवाट देश जति चाडो बाहिर निस्कन्छ त्यत्ती चाडो नेपालको विकास हुन्छ । कम्युनिष्टको भ्रमवाट देशलाई छिटो वाहिर निकाल्नु नै अहिलेको आवश्यकता हो ।
 
२०४६ सालको परिवर्तनले देश विकासको गतिमा लम्किएको थियो । आर्थिक बृद्धिले तिबै गति लिएको थियो । त्यही वेला २०५१ सालमा प्रचण्डको अगुवाईमा कथाकथित जनयुद्ध शुरु भयो । यो युद्धले अर्थतन्त्रलाई रुग्णनै वनायो । नेपाली युवाहरु विदेश पलायनको मुख्य कारण पनि माओवादीको त्यही युद्ध थियो । गाउं घरमा गरेर खाने अवस्था थिएन । देशमा रोजगार थिएनन । युवाहरु त्यसवेला वाध्यभएर विदेशीन थाले ।
 
माओवादीको दवावले गाउंमा वस्न नसक्ने विदेश लागे । माओवादीले पनि केही युवाहरुलाई दिग्भ्रमित पारि आफ्नो पक्षमा लग्यो । जव माओवादी सत्तामा आयो उनीहरुले भनाई र गराईको फरक देखे । माओवादी युद्ध ताका खाक्रो नाराका भरमा रुकुम रोल्पामा वनाईएका कम्युनहरु ध्वस्त भईसकेका थिए । माओवादीमा लाग्ने र भ्रममा परेर समर्थनगर्नेहरु पनि प्रचण्डको रवाफ र सरकारमा हुदांको कार्यशैली देखेपछि विरक्तिएर विदेश लागे । यसरी विदेश लाग्नेले नै अहिले नेपालको अर्थतन्त्र जोगाईदिएका हुन् ।
 
अहिले फेरी अर्का कम्युनिष्ट नामधारी विप्लप समुहको उदय भएको छ । यो समुह फेरी देशलाई बर्वाद पार्न लागिपरेको छ ।
 
माओवादी युद्धको फाइदा प्रचण्ड लगायत केही नेतालाई भने राम्रोसंग भयो । लुटेर भएपनि धन सम्पत्ति जम्मा पारे । अहिले उच्चस्तरको जीवन बाचिरहेका छन् । प्रचण्डकै परिवारलाई हेरौं छोरी मेयर, बुहारी मन्त्री, नदेखिने अरु परिवारका सदश्यपनि शक्तिमा छन् । तर, माओवादीमा लडेका कार्यकर्ता कि त विदेशमा छन् कि नेपालमा दयनिय अवस्थामा बांचिरहेका छन् ।
 
कम्युनिष्टहरु जहिलेपनि दोहोरो मापदण्ड राख्छन् । आम जनतालाई कसरी झुक्याउन  सकिन्छ त्यसमा पारंगत हुन्छन् । भेनुजुयलामा लाखौं जनता भोकमरीमा परेका छन् । मूल्य बृद्धिदर यति बढी छ की संख्यामा बताउनपनि कठिन छ । ३० लाख भन्दा वढी छिमेकी देशमा शरणार्थी जीवन विताउन पुगेका छन् । त्यस्ता शासकका पक्षमा प्रचण्डले विज्ञप्ति दिए । तर, भारत र पाकिस्तानको तनावमा प्रचण्ड मौन बसे । के भारतले पाकिस्तान भित्र पसेर हमला गर्न हुन्छ ? यसमा प्रचण्ड मौन वसे ।
 
राष्ट्रियताको सवालमा कम्युनिष्टहरु जनताका अगाडी भारतको विरोध गरेको देखाउंछन् । प्रचण्ड र बाबुराम भट्टराईले पनि त्यही गरेका थिए । तर, उनीहरु भारतीय गुप्तचर एजेन्सीकै डिजाइनमा काम गरिरहेका थिए । अहिलेका कम्युनिष्टहरुको चरित्रपनि यसभन्दा फरक होला भनेर विश्वास गर्ने आधार छैन ।
 
विदेशी एनजिओ र कम्युनिष्टहरुले देश वन्ने भए नेपाल अहिले धनी भईसक्नुपर्ने थियो । नेपालीको जीवनस्तर माथि पुग्नुपर्ने थियो । तर, जनताका अगाडी राम्रो र आदर्शका कुरा गर्ने काम भने आफ्नो स्वार्थ अनुकुल गर्नेहरु देशमा हाबी हुदां नेपाल विकासमा पछी परेको छ ।