मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लसएन्जलसमा बिधुत प्राधिकारणका एमडी घिसिङसँग अन्तरक्रिया (भिडियो सहित )

लसएन्जलसमा बिधुत प्राधिकारणका एमडी घिसिङसँग अन्तरक्रिया (भिडियो सहित )


लसएन्जलस (अमेरिका)– अमेरिका भ्रमणमा रहेका नेपाल बिधुत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग लसएन्जलसका चारवटा नेपाली संस्थाहरूले सामुहिक अन्तरकृया अायोजना गरेका छन् ।
 
नेपाल अमेरिका एकता समाज र एनआरएन क्यालिफोर्निया च्याप्टर र मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टर  र तामाङ सोसाईटी अफ लसएन्जल्स क्यालिफोर्नियाको च्याप्टरको सयुक्त आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । आर्टेशिया स्थित नानकिङ इन्डो चाइनिज रेस्टुरामा भएको अन्तरक्रिया कार्यक्रममा  लसएन्जल्सबासी सामुदायिक संघसंस्थाको प्रमुख एवं प्रतिनिधिहरु र प्राविधिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको बाक्लो सहभागिता रहेको थियो । 
 
कार्यक्रममा आयोजक संस्थाहरुले घिसिङलाई उनले विधुतिय क्षेत्रमा गरेको योगदानलाई क़दर गरेर सम्मान गरेका थिए । कार्यक्रममा घिसिङले विद्युत प्राधिकरणको ब्यापक सुधार भईरहेको आफु नहुँदा पनि  दीर्घकालीन रुपमा  विकास भैरहने प्रतिबध्दता ब्यक्त गरेका छन् । सो कार्यक्रमको सभापति तामाङ सोसाईटीका अध्यक्ष टेक लामाले गरेका थिए । 
 
एनअारएन क्यालिफोर्निया च्याप्टर सभापति रामबावु पाण्डेले स्वागत गरेका थिए । त्यस अवसरमा मधेसी एशोसियसन क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश शाह र नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र शिवाकोटीले आयोजक संस्थाको तर्फबाट मन्तव्य ब्यक्त गरेका थिए ।