मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका प्रधानाध्यापकबीच स्काउटको अन्तरक्रिया

चितवनका प्रधानाध्यापकबीच स्काउटको अन्तरक्रिया


भरतपुर । नेपाल स्काउट चितवनको आयोजना एवम् ओम शान्ति एकेडेमीको सहयोगमा चितवन जिल्लाका प्रधानाध्यापकहरुबीच अन्तरक्रिया गरिएको छ । 
 
चितवनका सामुदायिक र संस्थागत विद्यालयका अधिकांश प्रधानाध्यापक सहभागी रहेको कार्यक्रममा प्रशिक्षक विश्व श्रेष्ठले स्काउटका बारेमा प्रशिक्षणसमेत दिएका थिए । 
 
नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर १० का वडाध्यक्ष एवम् महानगरका प्रवक्ता अरणपीडित भण्डारीले स्काउट मर्यादित संस्था भएकाले विद्यालयमा यस संस्थाले महŒवपूर्ण भूमिका खेल्ने बताए ।
 
उनले हरेक विद्यालयमा स्काउट अपरिहार्य रहेको प्रष्ट पारे । 
 
कार्यक्रममा प्रिन्सिपल प्रेम रिमाल, खगराज कँडेल, पूर्व जिल्ला आयुक्त भुवानीप्रसाद पौडेललगायतले स्काउटको महŒवमाथि प्रकाश पार्दै आगामी दिनमा स्काउटका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
अन्तक्र्रियामा सहभागी प्रधानाध्यापकहरुले जिल्लामा स्काउटिङको विकास र विस्तारका लागि  विद्यालयहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हरेक विद्यालयमा स्काउट मास्टरको तालिमको माग गरेका थिए । जिल्ला आयुक्त न्यौपानेले उपयुक्त समयमा स्काउट मास्टरको तालिम सञ्चालन गर्ने बताए । उनले स्काउट क्रियाशील संस्था रहेकाले केही न केही गतिविधिहरु सञ्चालन गर्दै जाने बताए ।