मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

तीन दिन पहिलेनै अमेरिकामा होलीको रौनक

तीन दिन पहिलेनै अमेरिकामा होलीको रौनक


युलेस (टेक्सस) – रंगको पर्व भनेर चिनिने फागुपूर्णिमा (होली) आउन नेपालमा भने अझै तीन दिन बाँकी छ । तर अमेरिकाको ड्यालसमा बसोबास गर्ने नेपाली समुदायले भने शनिबारनै होली पर्व निकै रोमाञ्चक रुपमा मनाएका छन् ।
नेपाली समाज टेक्सस (एनएसटी) र इन्द्रेणी सांस्कृतिक संघको आयोजनामा आर्लिङटनको लिगेसी पार्कमा होली पर्व भव्य रुपमा मनाइएको छ । विगतका वर्षहरुमा दुबै संस्थाले अलग रुपमा होली मनाउने गरेकोमा यसवर्ष देखि बिभिन्न पर्वहरु मिलेर मनाउने श्रृङ्खलाको सुरुवात भएको छ ।
 
संघका अध्यक्ष सुशील क्षेत्रीले होली पहिलेको भन्दा व्यबस्थित र सभ्य रुपमा मनाइएको प्रतिकृया दिएका छन् । शनिबार मौसम पनि निकै राम्रो रहेको र पहिले आयोजना गर्ने गरेको स्थलभन्दा ठूलो ठाउँमा गरिएकोले अबेरसम्म सहभागीहरु होलीका रंगहरु सहित गीत संगीतमा समेत झुमेका थिए ।
 
संयुक्त होलीको उद्घाटन कार्यक्रममा नेपाली समाज टेक्ससका पूर्ब अध्यक्षहरु, इन्द्रेणीका पूर्ब अध्यक्षहरु लगायत पदाधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा ड्यालस फोर्टवर्थका बिभिन्न संघसंस्थाहरुको समेत सहभागिता थियो । 
बालबालिकाहरुलाई खेल्नका लागि विशेष व्यबस्था समेत गरिएकोले यसपटक अभिभावकहरु समेत निकै खुशी थिए । 
 
उता युलेसको नेपाली समुदायले पनि पहिलेदेखिनै आयोजना गरिदै आएको होलीलाई निरन्तरताको दिँदै भव्य होली आयोजना गरेका थिए । 
 
युलेसमा होली आयोजना गर्दै आएका स्थानीय समाजसेवी टीका पौडेलले विगतदेखिकै निरन्तरताको रुपमा होली आयोजना गरिएको बताए । 
 
निशुल्क खानेकुरा सहित आयोजना गरिएको होलीमा ड्यालस फोर्टवर्थ र टाढाबाट समेत सहभागिता थियो । युलेसको होलीमा टेक्सस राज्य विधान सभाकी सांसद टेरी मेजा लगायत डेमोक्रेटिक पार्टीका नेताहरुको समेत सहभागिता थियो । 
कार्यक्रममा हर्स युलेस बेडफोर्ड स्कुल डिस्ट्रिक्टमा उम्मेदवार रहेकी आइशा ओझालाई सहयोग गर्न डेमोक्रेटिक पार्टीका नेताहरुले आग्रह गरेका थिए । 
उता नेपालको तराई क्षेत्रबाट अमेरिका आएर बसोबास गरेकाहरुले पनि होली पर्व आयोजना गरेका थिए ।