मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विदेशमा बस्ने नेपालीलाई दोहोरो नागरिकता नदिने हल्ला मात्र

विदेशमा बस्ने नेपालीलाई दोहोरो नागरिकता नदिने हल्ला मात्र


हिमालयखवर संवाददाता-
 
अमेरिका ।  विदेशमा स्थायी बसोबास गर्ने नेपालीले विदेशी र नेपाली दोहोरो नागरिकता राख्न नपाउने भएका हुन् ? केही दिनयता यो विषय निकै चर्चामा छ । तर त्यो हल्लामा अलिकति पनि सत्यता छैन । 
 
विदेशमा बस्ने नेपालीलाई गैर-आवासीय नागरिकता दिने नेपालको संविधानमा लेखिएको छ । यो अधिकार हटाउनका लागि संविधान नै परिवर्तन हुनुपर्छ । यसमा कुनै परिवर्तन भएको छैन ।
 
संविधान परिवर्तन सजिलो विषय पनि होइन । बृहत छलफल र संसदको दुई तिहाईले यसलाई स्विकृत गर्नुपर्ने हुन्छ । यो एकै दिनमा सम्पन्न हुने विषय पनि होइन ।
 
राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल नागरिकता ऐनको छलफल भईरहेको छ । यसमा विदेशमा बस्ने नेपालीलाई के कसरी एनआरएन नागरिकता दिने भन्ने छलफलकै क्रममा छ । समितिले संविधानले दिएको अधिकार हटाउन सक्दैन । समितिलाइ उक्त अधिकारपनि छैन ।
 
सन् २००३ देखि शुरु भएको एनआरएन अभियानको माग भने नेपालीले पाएको नागरिकता निरन्तरता होस भन्ने हो । विदेशमा बस्ने नेपालीको माग आफुले जन्मका आधारमा पाएको नेपाली नागरिकता त्याग्न नपरोस भन्ने छ । विदेशमा बस्ने दोस्रो र तेस्रो पुस्ताको हकमा भने एनआरएन नागरिकता दिएपनि हुन्छ भन्ने छ ।
 
हालसम्म विदेशमा वस्ने नेपालीले त्यहाँको नागरिकता लिए नेपाली नागरिकता स्वत रद्द हुन्छ । नेपाली नागरिकता रद्द भएपछि नेपालमा घरजग्गा खरिद गर्न, अन्य नेपाली सरह राजनीतिक अधिकार उपयोग गर्न पाइदैन । राजनीतिक अधिकार भनेको चुनावमा उम्मेदवार हुने, भोट हाल्ने हो । उदाहरणका लागि अमेरिकाको नागरिकता लिएपछि नेपाली नागरिकता स्वत रद्द हुन्छ । अमेरिकाले 'तिम्रो देशको यो व्यक्तिले हाम्रो नागरिकता लियो' भन्ने जानकारी परराष्ट्र मन्त्रालय मार्फत नेपाल सरकारलाइ पनि दिन्छ ।
 
एनआरएन नागरिकता सम्वन्धि कानुन आएपछि पनि जन्मका आधारमा लिएको वा भईरहेको नेपाली नागरिकता रद्दनै हुन्छ । त्यो नागरिकताले मान्यता पाउँदैन । संविधानको व्यवस्था अनुसार अर्को  एनआरएन नागरिकता भने लिन सकिन्छ । यसका लागि सरकारले तोकेको निकायमा तोकिएको प्रावधान पुरा गरेर एनआरएन नागरिकता पाइन्छ ।  कतिलाई एनआरएन नागरिकताको आवश्यकता पनि नपर्न सक्छ । तिनीहरुले नलिन सक्छन् । लिनै पर्छ भन्ने पनि छैन ।
 
अमेरिकी पासपोर्ट हुनेले एक पटक १६० अमेरिकी डलर तिरेर नेपालको भिसा लिन पाइन्छ । यो भिषाले पाँच बर्षसम्म नेपाल आउन जान पाइन्छ । एक पटक नेपाली छिरेपछि ६ महिना बस्न सकिन्छ ।
 
एनआरएन नागरिकता पाउनेलाई राजनीतिक अधिकार वाहेक नेपालमा सवै अधिकार नेपाली नागरिक सरह उपयोग गर्न सक्ने संविधानमा उल्लेख छ ।
 
तर, राज्य व्यवस्था समितिले विदेशी नागरिकता लिएपछि एनआरएन नागरिकता नलिईकन ढाँटेर काम गर्नेलाई भने कारवाही गर्ने सिफारिस गरेको छ । विदेशी नागरिकता लिईसकेपछि पनि अहिले भईरहेको नेपाली नागरिकता देखाएर काम गर्नु अहिले पनि गैरकानुनी हो । पछि पनि गरैकानुनी नै रहने छ ।
 
विदेशमा वस्ने नेपालीले दोहोरो नागरिकता नपाउने भए भन्ने संसदले यस्तो निर्णय गर्यो भन्ने हल्ला मात्र हो । हालसम्म कुनै पनि प्रावधान परिवर्तन भएको छैन ।
 
अमेरिकी नागरिकता छ, नेपालमा जग्गा जमिन किन्नु पर्यो के गर्ने ? सबैभन्दा राम्रो उपाय कानुनी परामर्श लिनु उपयुक्त हुन्छ । कुनै कम्पनी खोलेर आफ्नो जग्गा जमिन राख्नपनि सकिन्छ । तर, यदी नेपालमा लगानी गर्दै हुनुहुन्छ भने एक पटक कानुनी परामर्श लिँदा उपयुक्त हुन्छ ।
 
तस्बिर: सामाजिक संजाल