मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको निर्वाचनमा सुनिल शाह, सुर्य लम्साल र सञ्जय थापामा को अगाडी ?

एनआरएनको निर्वाचनमा सुनिल शाह, सुर्य लम्साल र सञ्जय थापामा को अगाडी ?


हिमालयखवर संवाददाता-
अमेरिका । एनआरएन अमेरिका भित्र आगामी नेतृत्वका लागि चुनावी माहौल तातेपनि निर्वाचन मिति भने घोषणा भईसकेको छैन । निर्वाचन कमिटी मे महिना भित्रै सबै चुनावी प्रकृया सम्पन्न गर्ने तयारीमा छ । एनआरएन अमेरिकाको कार्यसमितिसँगको परामर्शपछि निर्वाचन गर्ने दिन घोषणा हुने छ  । तर, एनआरएन अमेरिका भित्र उम्मेदवारी घोषणा गर्ने क्रमले चुनावी माहौल भने बढ्दै गएको छ । संस्थामा चासो राख्नेहरु बीच एनआरएन अमेरिकाको अध्यक्षमा कसको पल्लाभारी छ ? यो चर्चा परिचर्चा प्राय हुने गरेको छ । चुनावी समिकरणमा उम्मेदवारहरु लागिपरेका छन् ।
 
आजकै अवस्थामा चुनाव हुने हो भने एनआरएन अमेरिकामा अध्यक्ष पदमा सबैभन्दा बलिया उम्मेदवार सुनिल शाह हुन् । वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका शाहले एक बर्ष देखिनै भेटघाट, विभिन्न च्याप्टरका कार्यक्रममा सहभागिता लगायतले उनी बलियो देखिएका हुन् । त्यसपछि सुर्य लम्साल र संजय थापा छन् ।
 
एनआरएएन अमेरिकाको सदस्यता बनाउन पहलगर्ने समुहको सहयोग र समर्थनले यी तिन जना उम्मेदवारको जितहारमा प्रभाव पर्ने छ ।  तर, सदस्यता विस्तारमा सकृय समुहको समर्थनले मात्र निर्वाचन भने आफ्नो पक्षमा ल्याउन यी तिनै जना उम्मेदवारलाई कठिन भने हुन्छ । स्वतन्त्र रुपमा मत हाल्नेहरुले पनि निर्वाचनमा नतिजामा प्रभाव भने पार्ने छन् । निर्वाचन नतिजामा अर्को प्रभाव पार्ने पक्ष सदस्य बनाउन लागि परेका समुहहरुले आफ्नो समर्थन रहेको उम्मेदवारलाई मत दिलाउन सक्छन् सक्दैनन् भन्ने पनि हो । सवै सदस्य भोट हाल्न स्वतन्त्र हुन्छन् । यती उती सदस्य हाम्रा हुन भन्ने अनुमानमा पनि गलत हुन सक्छ ।
 
अध्यक्षमा शाह वलियो देखिनुमा उनले एक बर्ष देखिनै अमेरिकाका विभिन्न राज्यमा हुने कार्यक्रममा जान थालेका थिए । सदस्यता विस्तार अभियानमा पनि उनी विभिन्न राज्यमा पुगे । उसले गर्दा उनीको पक्षमा एउटा ढिक्का मत छ । तर, यो मत जीतका लागि पर्याप्त भने छैन । उनले सदस्यता विस्तारमा लागिगरेका कुनै एउटा समुहसँग समिकरण भने गर्नै पर्छ । अहिलेको परिस्थितिमा टेक्ससकै एउटा समुह शाहको पक्षमा रहेको देखिन्छ । आफ्नो प्रभाव र उक्त समुहको समर्थनले गर्दा शाह बलिया देखिएका हुन् । उक्त समुह निर्वाचनसम्म शाहले आफ्नो पक्षमा टिकाइरहनुपर्ने  हुन्छ । तर, निर्वाचन आफ्नो पक्षमा पार्न सक्ने मतभने यतीले मात्र पर्याप्त छैन । स्वतन्त्र रुपमा भोट हाल्ने समुहको समर्थनपनि शाहलाई आवश्यक पर्छ । तव मात्र उनले आफ्नो पक्षमा नतिजा निकाल्न सक्छन् ।
 
अर्का उम्मेदवार सुर्य लम्सालसँग केही समुहगत मत छ । उनलाई टेक्ससकै अर्को समुहको समर्थन रहेको वताईन्छ । तर, यो समिकरणको जोडले मात्र लम्साललाई निर्वाचन जित्न आवश्यक पर्ने जादुमय नम्बर तीनहाजार मत कटाउन सक्ने अवस्था कम छ । उनलाई सुनिललाई भन्दा वढी स्वतन्त्र मत आवश्यक पर्ने देखिन्छ । यसैगरी अहिले समर्थन गरेको समुह पनि चुनाव सम्म आफ्नो पक्षमा राखिरहुन पर्ने हुन्छ ।
 
अर्का अध्यक्षका प्रत्यासी थापाका पनि केही ब्लक मतदाता छन् । शाह र लम्सालको भिड्दा आफ्नो पक्षमा रहेको र स्वतन्त्र मतले जित्ने अनुमान थापाको हुन सक्छ । तर, यसका लागि थापालाई स्वतन्त्र रुपमा मत हाल्ने ठुलो समुह आफ्नो पक्षमा ल्याउनु पर्ने हुन्छ ।  निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न शाह र लम्साललाई सहयोग गरेको एउटा समुह थापाले आफ्नो पक्षमा पार्न सकेभने फेरी उनी बलियो प्रतिस्पधी हुने छन् ।
 
अध्यक्ष पदका यी तीनै जना प्रभावशाली उम्मेदवार एनआरएन अमेरिकालाई बलियो वनाउने एक आपसमा निर्भर भने छन् । बलिया तिन उम्मेदवार मध्ये एउटाले अर्को समर्थन गरेमा अध्यक्ष पदको चुनाव निकै प्रतिस्पर्धी हुने छ ।
 
त्यसबेला सानो अन्तरले मात्र जित हार हुने अवस्था छ । एक जना अध्यक्ष र अर्को वरिष्ठ उपाध्यक्ष वस्न तयार भए यो वातावरण बन्न पनि सक्छ ।  दुई जना उम्मेदवार मिलेकोे खण्डमा को बलियो भन्ने अनुमान लगाउन कठिन हुन्छ ।
 
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, र महासचिव उम्मेदवारहरु विच प्यानल वन्न गयो भने पनि निर्वाचन समिकरणमा केही तल माथि हुन सक्छ । तर, अध्यक्षमा तीन जना प्रत्यासीलाई प्यानल वनाउन सजिलो छैन । 
 
वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने घोषणा गरेको न्यूयोर्कका एक जना उम्मेदवार उपाध्यक्षमा जान तयार भएको वताईएको छ । यस्तो तल माथि अरु उम्मेदवार बीच पनि हुनुपर्छ । प्यानल मिलाउन कठिन भयो भने यसले समुहगत रुपमा रहेको मत यता उता हुन सक्छ । यसले पनि अध्यक्षलाई पर्ने मतमा फरक पार्न सक्छ । अध्यक्षका प्रत्यासीहरुले प्यानल बनेपछि असन्तुष्ठ पक्षको केही मत आफुलाई आउने आंकलन पनि गरेका छन् ।