मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

नेपाली दिदीबहिनीमाथि सकारात्मक सोच र समान व्यवहार गरौँ

नेपाली दिदीबहिनीमाथि सकारात्मक सोच र समान व्यवहार गरौँ


अन्तर्राष्ट्रिय महिला दिवस  यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो सर्वप्रथम १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।
 
हरेक ८ मार्चमा मनाइने ‘अन्तर्राष्ट्रिय नारी दिवस’ हाल नेपालीहरूले पनि देश, विदेशमा उत्साहसाथ मनाउँदै आईरहेका छन्। लैंगिक समानताका लागि 'Think equal, Build Smart,Innovate for change' भन्ने अन्तर्राष्ट्रिय नारासहित केही दिनदेखि  यस वर्षका अन्तर्राष्ट्रिय नारी दिवसका कार्यक्रमहरू गरिँदै आएको छ। त्यस्ता कार्यक्रमले आम समुदायमा दिवसको सार्थकता, महत्त्व र सचेतना फैलाउँदै लगेका छन् ।विश्वव्यापी रूपमा हेर्ने हो भने युरोप र अमेरिकाका देशमा जति अधिकार पाएका छन्, अहिले पनि त्यति अधिकार एसिया र अफ्रिकाका कतिपय देशका महिलाले लिन सकेका छैनन्।
 
अन्तर्राष्ट्रिय रूपमा महिलाका हकअधिकार र तिनको कार्यान्वयको लेखाजोखा हुन बाँकी नै छ।नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्दैन। हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन्। ‘यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ।
 
हाम्रो मुलुक नेपालमा लामो संर्घर्ष र बलिदानबाट जनप्रतिनिधिले बनाएको नयाँ संविधान हाम्रो महत्त्वपूर्ण दस्ताबेज हो। यही संविधानको कार्यान्वयनसँगै महिलाहरूले नेतृत्व लिएका उदाहरण हामी सामु छर्लङ्ग छन्।राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाहरूको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो हो। विश्व परिप्रेक्ष्यमा कुरा गर्दा आमा दिवस या भ्यालेन्टाइन दिवसजस्ता विशेष दिवसहरूमा मानिसहरूले आफ्ना आमा या मायालुलाई ससम्मान स्नेह व्यक्त गर्ने गर्दछन्,संसारभरिका मान्छेले वैजनी रगंको रिबन लगाएर पनि आज नारी शक्ति अनि समानताकोलागी एैक्यबद्धता जनाउँदछन् ।
 
तर हाम्रो नेपाली समाजमा भने महिलाहरू बिच एक आपसमा सकारात्मक सोच, सम्मान, माया र स्नेहको भावना भन्दा बढी ईर्ष्या गर्ने ,असहयोग गर्ने तथा खुट्टा तान्ने प्रवृत्ति भने रहिआएको छ।
 
देश विदेश जहाँ भएतापनि नेपाली समाज भित्र  अझै लैंगिक समानता कायम गर्न, लैंगिक हिंसा अन्त्य गर्न थुप्रै बाँकी छ, प्रवासी मुलुकमा हेर्ने हो भने पनि धेरै दिदीबहिनीहरू सामाजिक हिंसा र मानसिक हिंसाको सिकार भइरहेको छ ,जसको मार महिलाहरूले खेपिरहेका छन्। यो समस्याले उनीहरूको मानसिक तथा भौतिक विकासमा समेत असर परिरहेको अवस्था छ ।
 
लैंगिकताका आधारमा महिलामाथि भेदभाव नगरिकन सबैमा महिलाप्रति सकारात्मक सोच र राम्रो व्यवहार र कैयौँ क्षेत्रमा महिलाले गरेका ऐतिहासिक योगदानको क़दर गर्ने हो भने हाम्रो समाज अग्रणी रूपमा अघि बढ्न सक्छन्।
 
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा एकअर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसाथ गरौँ, समानतालाई सहकार्यमा रूपान्तरण गरौँ सोचलाई सकारात्मक बनाउने प्रयास गरौँ, सकारात्मक सोच नै महिलाहरूको प्रगतिको आधार बन्न सक्छ अनि मात्र लैंगिक समानताका लागि समान सोच र व्यवहार सम्मृदिको आधार भन्ने नाराले सार्थकता पाउनेछ  र अन्त्यमा १०९ औ अन्तर्राष्ट्रिय महिला दिवसको सम्पूर्ण महिला दिदीबहिनीहरूलाई हार्दिक शुभकामना ।