मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सीमानामा पर्खाल लगाउन संकटकाल

सीमानामा पर्खाल लगाउन संकटकाल


वासिङटन डिसी (अमेरिका) – निर्वाचित हुँदादेखि नै अमेरिका–मेक्सिको सीमानामा पर्खाल लगाउने मुद्धालाई उठाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले सो प्रयोजनका लागि राष्ट्रिय सङ्कटकाल घोषणा गरेका छन् ।
 
शुक्रवार विशेष संबोधन मार्फत ट्रम्पले पर्खाल लगाइ छाड्ने घोषणा गरेका छन् । पर्खाल लगाउनका निम्ति आवश्यक पर्ने झन्डै ८ अर्ब डलरभन्दा बढीको बजेटलाई अमेरिकी संसद् (कंग्रेस) ले अनुमोदन नगरेपछि राष्ट्रपतिले बोर्डरवाल बनाउनकै लागि सङ्कटकाल घोषणा गरेका हुन् । 
 
ह्वाइट हाउसको रोजगार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले कंग्रेसले अनुमोदन गरेको १ अर्ब ३८ करोड डलर प्रति असन्तोष व्यक्त गर्दै थप रकमका लागि सङ्कटकाल लगाएका हुन् । 
 
२ सय ३४ माइल सीमामा स्टिलको बलियो पर्खाल लगाएर मेक्सिको हुँदै आउने आप्रवासीलाई रोक्ने उद्वेश्य राखिएको छ । सङ्कटकाल लगाएर सैनिक लगायत अन्य क्षेत्रका बजेटहरु कटौती गरेर पर्खालमा लगाइने उल्लेख गरिएको छ । 
 
राष्ट्रपतिको यो घोषणा र सङ्कटकाल घोषणालाई डेमोक्रेटिक दलका नेताहरुले अवैध र गैरकानुनी भएको प्रतिकृया दिएका छन् ।