मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनबाट २३ जना जुवाडे पक्राउ

चितवनबाट २३ जना जुवाडे पक्राउ


चितवन । चितवन प्रहरीले भरतपुर–११ स्थित छिम्केश्वरीटोलमा कौडाको खालबाट २३ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।
 
उनीहरुको साथबाट कौडासहित ९ लाख ३२ हजार ८१३ रुपैयाँ बरामद गरिएको चितवन प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
 
पक्राउ परेकामध्ये गोरखा जिल्लाका ९ जना, तनहुँका २ जना र बाँकी १२ जना चितवनका रहेका छन् । ठूलो परिमाणको जुवातासको खेल हुँदैछ भन्ने विशेष सुराकीको आधारमा प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक चिनीमाया तामाङको कमाण्डमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटाँडासमेतको प्रहरी टोलीले जुवाघरमा छापा मारेको थियो ।
 
उक्त घरको मुल ढोका तथा भित्री ढोकाहरुमा समेत बाहिरबाट ताल्चा लगाई घरको तेस्रो तलामा जुवा खेल्दै गरेको अवस्थामा २३ जनालाई पक्राउ गरिएको उनले रेग्मीले बताए ।
 
पक्राउ परेका व्यक्तिहरु उपर मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा अनुसन्धान गरी कारबाही गरिने प्रनाउ रेग्मीले जानकारी दिए । फोटो : जिप्रका चितवन ।