मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा

घूस प्रकरणपछि अख्तियारका आयुक्त पाठकको राजीनामा


घूस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अन्ततः राजीनामा दिएका छन् । पाठकले शुक्रबार राष्ट्रपति कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । 
 
राष्ट्रपति कार्यालयमा पुगेर उनले राजीनामा दिएको पुष्टि अख्तियार र राष्ट्रपतिको कार्यालयले गरेका छन् । पाठकले राजीनामा नदिएको अवस्थामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको थियो । 
 
बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा सांसद र नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाठकमाथि महाअभियोग प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । 
 
यी थिए पाठकविरुद्धको आरोप 
 
अख्तियारका आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने बहानामा एक पक्षसँग ७८ लाख रुपैयाँ घूस लिएको विवरण आमसञ्चारमा सार्वजनिक भएको थियो । उनले घूस लिएको भिडियो घूस दिने पक्षले अख्तियार र प्रधानमन्त्रीको कार्यालयमा उपलब्ध गराएका थिए । 
 
आयुक्त पाठकले ७८ लाख रुपैयाँ घूस खाएको भिडियो अख्तियार र सत्तारुढ दलका नेतासम्म पुगेपछि यो प्रकरण सार्वजनिक भउको हो । अख्तियारका अधिकारी, सत्तारुढ दलका नेता र सांसदहरुले समेत करिब ९ घण्टाको भिडियो हेरेर पाठकले घूस नै लिएको निष्कर्ष निकालेका थिए ।
 
पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ। पाठकले घूस लिए पनि काम नगरिदिएको र पैसा पनि फिर्ता नगरेको भन्दै पैसा दिने पक्षले भिडियो मिडिया तथा अन्य निकायमा उपलब्ध गराएको समाचारहरूमा उल्लेख छ ।  
 
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले घुसकाण्डमा आयुक्त पाठकविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको थियो।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसद् र नेताहरुसँग बिहीबार बिहान भएको बैठकमा पाठकविरुद्ध महाअभियोग प्रक्रियता अघि बढाउन निर्देशन दिइसकेका थिए ।