मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ क्यारोलाइना नेपाली पाठशालामा सरस्वती पूजा

नर्थ क्यारोलाइना नेपाली पाठशालामा सरस्वती पूजा


नर्थ क्याराेलाइना(अमेरिका)- नर्थ क्याराेलाइना नेपाली पाठशालाले सधैँझैँ यसपटक पनि देवी सरस्वतीको पुजा अारधना गरेको छ । 
 
सरस्वती पुजाका अबसरमा पाठशालामा अध्ययनरत विद्यार्थीहरुले गीत, कविता, सरस्वती बन्दना, मादल बजाउने र चित्र बनाउन सक्ने कला प्रस्तुत गरेका थिए । यसरी आफनो कला प्रस्तुत गर्नेहरुमा बिभुषा गौतम, समी घिमिरे, सेजल घिमिरे, स्तुती आचार्य, केविन खनाल, परिधि ढकाल, गुन्जना न्यौपाने, साैर्यभी ढकाल, कृति पोखरेल, बिभु पोखरले, निर्बिरोध तिमल्सिना, सुप्रिम तिमल्सिना, शुभम ढुंगेल, रबी नेपाल, बबी नेपाल, स्कन्ध आचार्य, सलिल ढकाल र श्रेया ढकाल थिए । 
 
करिब डेढसय जना विद्यार्थी, शिक्षक र अबिभाबकहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अन्त्यमा प्रसाद वितरण गरिएको थियो । कार्यक्रमको अन्तिम चरणमा हिन्दु मन्दिर नर्थ क्यारोलाइनाकी गुरुआमा सरोज शर्माजीले भाइबहिनीलाई आमाबाबु र गुरुलेले देखाएको मार्गदर्शनमा हिडेमा नै जीबनमा सफलता मिल्ने उल्लेख गर्नुभयो । यस्तै पाठशालाका अबिभाबक प्रकाश खत्रीले सबै विद्यार्थीहरूला एउटा एउटा उपहार प्रदान गर्नुभएको थियो । अबिभाबक जानुका पाैडेलले अाफ्नी ममतामयी अामाकत्र १३ अाैँ दिनका पुण्य तिथिमा दान स्वरूप ५१ डलर नेपाली पाठशालालाई प्रदान गर्नुभएको थियाे ।
 
नेपाली भाषाको विद्यालसमा अाठजना शिक्षक शिक्षिकाहरुले स्वयमसेवा गर्दै अाएका छन् । यसरी सहयोग गर्नेमा विक्रम गौतम, रश्मी घिमिरे, प्रतिमा आचार्य, स्मृति पोख्रेल, सुजाता ढुंगेल, अायुश्मा शर्मा, अारती तिमल्सिना र प्रियंसु नेपाल छन् । 
 
उक्त कार्यक्रमको सञ्चालन पाठशालाकै शिक्षिका तथा संयोजक सुजाता ढुँगेल गर्नुभएको थियो । उहाँले अमेरिकी ब्यस्त जीवनमा भाषाकाे महत्वमा अाफनाे अनुभव सुनाउनुभएको थियो । 
 
त्यस अवसरमा एन्सीका पुर्व र वर्तमान अध्यक्ष क्रमशः ईश्वर देवकोटा र डा. वटु शर्माले  राख्नुभएको  थियाे ।  भाषा र सस्कृति रहेसम्ममात्र देश रहने कुरालाई  मुल मन्त्र बनाएर नेपाली पाठशालाले सन २०१० मा १५/२० जना बालबालिकाबाट स्कुलको सुरूवात गरेको थियो । 
अहिले विद्यार्थी संख्या बढेर ७७ जना पुग्दा एउटा कक्षा कोठाले नपुगेर अर्कोपनि थप्नु परेको छ । शिक्षक शिक्षिकापनि थपेर अझै राम्ररी नेपाली भाषार सस्कृतिलाई सिकाउन थालिएको जनाइएको छ ।