मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

प्रहरीले ससुरालीमा लुकाएको नौ करोड रुपैयाँ बराबरको सुन पक्राउ

प्रहरीले ससुरालीमा लुकाएको नौ करोड रुपैयाँ बराबरको सुन पक्राउ


काठमाडौं । नेपालमा साढे ३३ किलो सुन प्रकरण चर्चामा रहेका बेला कञ्चनपुरको पुनर्वासबाट बरामद भएको १८ किलो सुन लुकाउने प्रहरी र उनका भाइ पक्राउ परेका छन् ।  
 
पक्राउ पर्नेमा सादा पोसाकमा कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरूवा र उनका सहोदर भाइ लक्ष्मण तिरूवा रहेका छन् ।
 
निर्मला हत्याको अनुसन्धानका लागि कञ्चनपुरमा रहेको सीआईबी, अपराध महाशाखा, कैलाली र कञ्चनपुर प्रहरीको टोलीले ९ करोड रुपैयाँ बराबरको 
सुन बरामद गरेको हो । उपत्यकाबाहिर पक्राउ परेको उक्त अवैध सुन रुपन्देहीको सुनौली नाकामार्फत कैलाली हुँदै कञ्चनपुर पुगेको थियो । 
 
सुनका मालिक भारतीय नागरिक भएको र उनी दिल्लीमा बस्दै आएको बताइएको छ । प्रहरीका एक अधिकारीका अनुसार दुई महिनाअघि नै सुन कैलाली पुगेको थियो । लक्ष्मणले भारतबाट भारतीय नागरिकको गाडीसहित सुन ल्याएको र भारतीय नागरिकले कैलालीबाट गाडी लिएर गएका थिए । तर, तस्करीको सुन भएकाले कहिँ कतै प्रहरीमा उजुरी गरेनन् । सुन कैलाली पुर्‍याएपछि लक्ष्मण फरार भएका थिए । 
 
लक्ष्मणका दाइ सुरज नेपाल प्रहरीमा कार्यरत भएकाले उनले आफ्नो ससुराली घरमामा सुन खाल्टोमुनि गाडेर राखेका थिए । भारतीय व्यापारीले नेपालबाट त्यो सुन भारत लगेको हुनसक्ने आशंका गरिएको छ ।  
 
लक्ष्मण भारतीय व्यापारीको चालकको रुपमा काम गर्दै आएको बताइएको छ । सुन बेच्ने र सुनबारे जानकारी भएकाबीच विवाद हुँदा सुन प्रकरणको सूचना चुहिएको प्रहरीले जनाएको छ । 
 
आईजीपी सर्वेन्द्र खनालको सचिवालयका एसएसपी रामदत्त जोशीले सुन बरामद भएको तर थप अनुसन्धान जारी रहेको बताए । ‘यो ठूलो उपलब्धि हो । गहन तरिकाले अनुसन्धान गरिरहेका छौं’, जोशीले भने ।