मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनयुद्ध दिवस : दशवर्षे जनयुद्धका जगमा गणतन्त्र

जनयुद्ध दिवस : दशवर्षे जनयुद्धका जगमा गणतन्त्र


पाल्पा । नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले दशवर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनको जगमा नेपालमा गणतन्त्र आएको बताएका छन् । गणतन्त्र ल्याउनका लागि नेपाली काङ्ग्रेसको साथ लिएर गणतन्त्र ल्याउन सफल भएको नेता पाण्डेयको भनाइ छ । 
 
नेपालमा २५० वर्षसम्म शासन गरेको राजतन्त्र अन्त्यका लागि नेपालका वामपन्थी पार्टीको भूमिका महत्वपूर्ण रहेकोसमेत उनले बताए । नेकपा तानसेन नगर कमिटीको आयोजनामा २४औँ जनयुद्ध दिवसरका नेता पाण्डेयले दुई तिहाइको सरकारलाई कमजोर बनाउने प्रयास असफल हुने र पार्टी कमजोर विभाजन गर्न खोजे पनि पार्टी सङ्गठन एक ढिक्का हुने बताए । 
 
नेकपाका नेता राधाकृष्ण कँडेलले जनयुद्धको बलमा नेपालमा ठूलो परिर्वतन देखिएकाले त्यस्ता परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको बताए । कार्यक्रममा पूर्वसांसद यादवबहादुर रायमाझी, नगर कमिटीका अध्यक्ष रामप्रसाद पोखरेल र सचिव नारायण कार्कीले जनयुद्धले देशमा गणतन्त्र र संविधानसभाबाट संविधान निर्माण गर्न सफल भएको बताए । 
 
गणेशधाम बनाउन श्रीमद्भागवत 
 
तानसेन नगरपालिका–१० गुफाचौरमा गणेशधाम निर्माणका लागि श्रीमद्भागवत गणपति महाअनुष्ठान शुरु भएको छ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ बुधबारदेखि सञ्चालनमा ल्याएको हो । 
 
पूर्वउद्योगमन्त्री तथा सङ्घीय सांसद पाण्डेयले महानुष्ठानको उद्घाटन गर्दै पाल्पाको गुफाचौरलाई धार्मिक पर्यटन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । पूर्वमन्त्री पाण्डेयले पाल्पाका धार्मिक धरोहरालाई संरक्षण गर्दै गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 
कार्यक्रममा प्रमुख कथावाचक ईश्वरकृष्ण महाराजले सबैको इच्छा र चाहनाअनुसार तेल्घाको गुफाचौरमा भगवान् गणेशको मूर्ति स्थापनामा लागेको जानकारी दिँदै सबैले यो महान् धार्मिक कार्यमा सहयोग आवश्यकता रहेको बताए । 
 
नेकपाका प्रतिनिधि एकप्रसाद भण्डारी, नेपाली काङ्ग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरे, राप्रपाका प्रतिनिधि रेवन्तबहादुर विष्ट, पाल्पाका प्रजिअ मनोहरप्रसाद खनाल, नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका कोषाध्यक्ष मिलन विश्वकर्मा लगायतले गणेशधाम स्थापना गर्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए । 
 
कार्यक्रम यज्ञ सम्पादन समितिका आयोजनामा महाअनुष्ठान आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने यज्ञ संयोजक गोपालप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सवा करोड लड्डु र तीन करोड दुबो अर्पण गरिनेछ । यस्तै ५० वर्ष पुगेका भक्तको सामूहिक तुलादान, प्रत्येक दिन श्रीगणेश अथर्वशीर्ष एक हजार आठ पुरायणलगायत कार्यक्रमहरु हुने आयोजक समितिका सहसंयोजक लोचनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।