मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ

विप्लवसहित सोह्र जना आरोपीलाई सफाइ


भोजपुर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बम विस्फोट तथा ज्यान मार्ने उद्योगको आरोपी नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० सहित २० जनाविरुद्ध लगाइएको मुद्दामध्ये १६ जनालाई जिल्ला अदालत भोजपुरले सफाइ दिएको छ । 
 
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्य पदमबहादुर राईसहित १६ जनालाई सफाइ दिएको हो । 
 
गत वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको तीन ठाउँमा बम पड्काएको आरोपमा ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थ र आगजनीको गरेको आरोपमा जिल्ला अदालत भोजपुरमा मुद्दा दायर भएको थियो । 
 
टेम्केमैयुङ गाउँपालिका–६ कोट गुम्बामा प्रदेशसभा उम्मेदवार तथा हालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा बम विस्फोट, साल्पासिलिछो गाउँपालिका–२, कुलुङको सहकारी टोलमा वाम गठबन्धनको चुनावी सभामा बम विस्फोट गरी दुई वटा ज्यान मार्ने उद्योग र षडानन्द नगरपालिका–१३ भिरथाप्लामा भएको बम विस्फोटसम्बन्धी मुद्दा दायर भएको थियो । 
 
ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सफाइ पाउनेमा नेकपाका कार्यकर्ता बम बिष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ्ग, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन् । त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई तीन बम विस्फोटसम्बन्धी मुद्दामा ४० ४० हजार जरिवाना लिएको स्रेस्तेदार राजकुमार दाहालले बताए । 
 
त्यस्तै, नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किराँतीको ठेगान स्पष्ट नखुलेकाले तामेलीमा राखिएको जनाएको छ । 
 
केही महिनाअघि मात्र सोही मुद्दामा नेकपा प्रवक्ता प्रकाण्डसहितका नेताहरुलाई पक्राउ गरी भोजपुर ल्याइएको थियो । प्रकाण्ड ६० हजार नगद धरौटी राखेर छुटेका थिए । 
 
फरार अभियुक्त कारागार चलान 
 
एक फरार अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । हाडनाता करणीमा २०४७ साल वैशाख २३ गते जिल्ला अदालत भोजपुरबाट ४ वर्ष कैद सजाय भई फरार भएका भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु बोबोक घर भई हाल सुनसरीको इटहरीमा बस्दै आएका ७१ वर्षीय बखतबहादुर कठेतलाई प्रहरीले पक्राउ गरेको हो । 
 
पक्राउ परेका कठेतलाई आजदेखि अदालतको आदेशमा कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिइएको छ । 
कठेतलाई यही माघ २० इटहरीबाटै पक्राउ गरी प्रहरीले भोजपुर ल्याएको हो ।