मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सरकारविरुद्ध सिंहदरवार गेटमा प्रदर्शन

सरकारविरुद्ध सिंहदरवार गेटमा प्रदर्शन


काठमाडौं । नेपाल विद्यार्थी संघले सिंहदरवारको मूल गेटमा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
 
नेविसंघले बेलुनमा सरकारविरुद्ध नारा लेखेर सिंहदरबार अगाडिबाट काला तथा राता बेलुन उडाएको हो ।
 
केन्द्रिय सदस्यहरू सुशील भट्ट, जानुका पन्तसहितको नेतृत्वमा निषेधित क्षेत्रमै प्रदर्शन भएको हो । निषेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत पाएन ।
 
प्रदर्शनमा निरन्जन थापा, पूर्व केन्द्रीय सदस्य गणेश सापकोटा, सुशान्त आचार्य, सन्तोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, विजय ढुङ्गाना, सुदीप अधिकारी लगायतका विद्यार्थीको सहभागिता रहेको थियो ।