मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

रेखाको शंका

रेखाको शंका


डिभी भिसामा नेपालबाट रमेशको परिवार अमेरिका अाएर बसेको लगभग पाँच वर्ष पुरा भयो ।
 
संघर्षका दिनहरू उनका पनि उस्तै थिए। बिहान लोग्ने काममा जाने, बेलुका पत्नी काममा जाने । त्यसो गर्दा दुइ सन्तानलाइ एक न एक जनाले हेर्न भ्याउँथे । त्यसैगरि उनीहरु ले कामको तालिका मिलाएका थिए । मानिसहरू जन्मभूमि, परिवार, अाफन्त छाडेर अमेरिका, अस्ट्रेलिया, क्यानाडासम्म पुग्नुको मुख्य कारण पनि त यहीनै हो–आफ्नै सन्तानको भबिष्यको सपनामा ।
 
रमेशको यो सामान्य परिवारमा पत्नी रेखा र दुइ बच्चाहरू छन् । सानो र सुखी परिवार भन्न सकिन्छ यो साइजलाइ ।
 
यो परिवार देखेर मानिसहरु कहिले कहिँ पार्टी तिर भेट्दा तारिफ सुनेर सकिँदैनथ्यो । सोमबारदेखि शुक्रबारसम्मका दिनहरूमा अत्यन्तै ब्यस्त भएर बित्ने हुँदा अमेरिकामा सप्ताहन्त अर्थात शनिबार र आइतबारका दिनलाई फेमिली–डे पनि भनिन्छ । यही दुइ दिन आफूले सन्तानका लागि पुरा समय निकालेर घुमाउने, रेस्टुरामा लगेर ख्वाउने, आफन्तको घर जाने अर्थात् आफन्तलाई घरमा बोलाएर ख्वाउने गरिन्छ ।
 
यसैगरि बितिरहेको थियो रमेश र रेखाको जीवन पनि। एकदिन रेखा कि साथीले नेपालबाट फोन गरेर एउटा अनुरोध गरिन् । ती साथीको अाग्रह थियो– ‘हेर न, बहिनीको अाइटीको जागिर तिमीहरु बसेको ठाउँमा भेटियो रे । केहि समयको लागि बहिनीलाई तेरो अपार्टमेन्टमा राखिदिन मिल्छ होला ? बहिनीले सोधीदिनु भन्दै छे ।‘
 
नेपालदेखि साथीले फोन गरेर त्यति सानो अनुरोध गरेकी थिइन् । रेखाले हुँदैन, सक्दिन भन्न सक्ने अवस्था रहेन । किनकी परदेशमा माटोको भर ढुंगा र ढुंगाको भर माटो भनेझैँ हो । एक नेपालीलाइ पर्दा अर्को नेपालीले सहयोग गर्नैपर्छ भन्ने रेखालाइ लाग्छ ।
 
रेखाले सिधै हुन्छ त भन्न सकिनन् । लोग्नेसँग सोधनी त राख्नैपर्यो । फेरि लोग्ने मान्छे न परे । भोली तलमाथि केही पर्यो भने त्यसको दोष रेखा र रमेश दुबैलाइ अाउँछ । उनले घर सल्लाह गरेर जवाफ दिने बताइन् ।
 
रमेश र रेखाको सल्लाह अनुसार एक हप्ता राखेर अन्त कतै कोठा खोजिदिने सहमति हुन्छ । बहिनी न्यूयोर्कबाट बसाइ सरेर आइन् । ती बहिनीले भान्छामा काम सघाउँथिन् । नानीबाबुको पनि अति हेरविचार गर्थिन् । पहिलो हप्तामै उनी पाहुना होइन कि परिवारको सदस्यका रूपमा प्रस्तुत भइन् ।
 
उनले बच्चाहरुको पढाईमा पनि सहयोग गरिन् । अविवाहित र अाफ्नो बच्चा नभएकी भएपनि असाध्यै ख्याल गर्थिन उनी । बाबुनानीलाई हेल्प भएको देखेर रेखा र रमेशले ती बहिनीलाई केहि समय अाफैँसँग बसेर जागिर खान जानका लागि सुझाउँछन् । उनीहरूले अपार्टमेन्टको भाडा तिर्न पनि सहयोग हुने देखे।
 
यसरी हप्ता हुँदै महिना बित्यो । ती बहिनीले दिदी–भिनाजुले भनेको भन्दा पनि ५० डलर बढाएर महिनाको भाडा दिने गर्थिन । उनीलाई पनि भिन्दै अपार्टमेन्टमा बस्दा अझ बढि लाग्ने भएकाले पनि त्यति तिर्दा फाइदै हुन्थ्यो । त्यही भएर खुशी भएर बसेकी थिन ।
 
दिन बित्दै गए । रमेशलाइ भने ती साली नाता लागेकीले आफुलाई भाउ नदिएको पो हो कि जस्तो लाग्न महसुस गर्न थाल्यो । त्यतिमात्र हैन उनलाई आफ्नै बुढी पनि त्यही बहिनिको पछि मात्र लागेको महसुस हुन थाल्यो ।
 
 
 
कहिले काँही पत्नीले केही कुरा सोधिहाल्दा पनि रमेश झर्किँदै तेरी बहिनीलाइनै सोध् भन्दै झर्कोफर्को गर्न थाले । बहिनीका कुराले झर्कोफर्को गर्न थालेको पत्तो पाएर रेखाले एकदिन ती बहिनीलाइ सम्झाइन् ।  ‘बहिनी, तिमीले भिनाजुलाई अलि राम्रो व्यवहार गर है? मैले तिमीलाइ अाफ्नै बहिनी ठानेर यसो भनेको हुँ । भिनाजु भनेका अर्काको छोरा हुन् । हामी दिदीबहिनी मिलेर मलाई एक्लो पारे भन्ने भिनाजुलाइ पर्नसक्छ । त्यो तिमीले बुझ्नु है?‘
 
 दिदीको कुरालाइ एकछिन त के जवाफ दिउ भनेर सोच्दै थिइन उनी । फेरि मनमा के अायो कुन्नि फ्याट्टै भनिदिइन्– ‘हवस् दिदी म भिनाजुको ख्याल गर्छु नि ।‘
 
दिदीले भने अनुसारनै बहिनी अघि बढ्न थालिन् । उनले भिनाजुलाई चिया बनाएर खुवाउने, बेला बेला गफगाफ गर्ने गर्न थालीन् । बहिनिको अाइटीको जागिर बिहान ८ बजे बाट सुरु हुन्थ्यो र बेलुकी ४ बजे सकिन्थ्यो । बिहान दिदी उठेर नानीबाबुलाई स्कुल पठाउदा बहिनी घरबाट निस्किन्थी भने बेलुका भेनाजु घरमा भएको बेला उनी कामबाट घर आइपुग्थी । रेखाले भने अनुसारनै बहिनीले भिनाजुको ख्याल गर्दै थिइन् । यसो गर्दा रमेश पनि मख्ख पर्न थाल्यो।
 
यत्ति सम्मकी तिनै बहिनीलाई रेखाले केहि भनिन भने रमेश आफैले कुरा मिलाएर त्यस्तो हैन बिचरी सानै छे जानिन होला तिमीले पो सिकाउनु पर्छ भन्न थाले ।
 
एकदिनको घटना हो अफिसमा इन्टरनेट चलेन । त्यसो हुँदा सबैलाई काम बाट चाडै घर पठाइयो । ती साली चाँडैनै घर अाइन् ।
 
त्यही दिन सरप्राइज दिने मनसायले रेखा पनि चाँडै आइन । घरको ढोका ढक्ढकाइन भित्र पस्दा छोरा छोरी मात्र देखिन ।
 
बहिनी र आफ्नो श्रीमानलाई नदेखेपछि छोरीलाई सोधिन–‘खै त बाबा ? छोरीले बाबा र अन्टी बाहिर जानुभएको छ भनिन् । रेखाको मनमा एक्कासी चिसो पस्यो । बिहानसम्म कहिँ जाने कुरा थिएन । फेरि यसरी बच्चाहरुनै छाडेर जाने कुरा त मलाई कहिले थाहा पनि थिएन । रेखाको मनमा अनेक कुराहरु खेल्न थाले । मनमा सोच्न थालि आजकल यो बहिनी पनि अलिक मै हुँ भन्ने हुन थालेकी छे, सायद धेरै पैसा कमाउने भए भनेर होला । रमेश पनि आजकल उसकै सपोर्टमा बोल्न थालेको छ कतै सम्बन्धले नयाँ मोड लिएको त हैन ? आफुले आफैँलाइ प्रश्न गर्दै रेखा बसिरहेकी छिन् ।
 
त्यतिनै खेर जब बहिनी र आफ्ना श्रीमान् हाँस्दै ढोका खोलेर भित्र पसेको देख्छे उ एक्कासी रिसाउँछे । फेरि सम्झिन्छे आज राम्ररी कुरा गर्छु । मनमनै जलेकी रेखाले श्रीमान लाई केहि भन्न सकिनन् । बरु उल्टै लोग्ने किन आज चाडै आयाै भन्ने प्रश्न गर्न थाले । उनले अाफुलाई टाउको दुखेकोले काममा बिदा लिएर आएको भनेर ढाँट्छिन् ।
 
 
उनी त्यति भन्दै अोछ्यानमा ढल्किन थालिन् । उनी रातभरि मनमा कुरा खेलाउछिन । आफुले आफैलाई प्रश्न गर्न थाल्छिन–म के मा चुके ? मैले कसलाई के भन्नु पर्थ्यो ? के मैले साथीलाई तेरी बहिनि मेरोमा राख्न मिल्दैन, मलाई आफ्नै श्रीमान सँग डर लग्छ भन्नुपर्थ्यो? त्यसो भन्दा उसले के सोच्थी ? कि मैले मेरो श्रीमानलाइ त्यो बहिनीसँग धेरै नबोल्नु भन्नुपर्थ्यो ? त्यसो भनेको भए रमेशले किन राख्नु त त्यस्ती नक्कली छे त्यो केटि भने भन्ने पनि त हुथ्न्यो । कि कतै मैले बहिनीलाई भिनाजु लाइ अलिक ख्याल गर्नु, राम्रोसँग बोल्नु भनेर सिकाउनुमै गल्ती भयो ? फेरि त्यति नगरुन्जेल श्रीमान नै झर्किन थालेको पनि त हो ।
 
आफु कहाँ चुके भन्ने कुराले रेखालाई दिन प्रतिदिन पीडा बढ्दै गयो । उसको मनमा मात्र कुरा खेलेन अब त साँच्चिकै टाउको दुख्न थाल्यो । श्रीमान सँगै पो रिस उठ्न थाल्यो । अब उसले बहिनीलाई कोठा खोजेर जान भन्ने भै त्यसो गर्दा आफ्नो परिवार पहिले जस्तै सामान्य हुने कुरा मा उ बिश्वस्त थिइ ।
 
उसले सोचे अनुसार नै रमेशसँग सल्लाह गरिन् । अब बहिनीलाई कोठा खोजेर राखिदिने निर्णय गरे । बहिनीलाई जब रेखाले यो निर्णय सुनाउँछिन् ती बहिनी एकछिन त अचम्म मान्छिन् । बहिनीले त्यसलाइ सहज रूपमा लिँदै भनिन्–हुन्छ दिदी, हजुरको राम्रो जे मा छ मा त्यही गर्छु ।‘
 
 रेखाले आफ्नो बसाइ भन्दा अलिक पर अर्को अपार्टमेन्टमा बहिनीलाइ बस्ने ठाउको बन्दोबस्त मिलाउन सहयोग गरिन् । पति र पत्नी दुवैको सल्लाह अनुसार नै सबै कुरा भयो । अब त रेखा खुशी हुन्छे होला भन्ने रमेशले सोचेका थिए भने रेखा स्वयमले पनि अब त मलाई त्यति टेन्शन नहुने भन्यो भन्ने सोचेकी थिनन् ।
 
तर सोचे जस्तो कहाँ हुन्छ र ? एकदिन कुरैकुरा मा आफ्नी एकदम मिल्ने मेक्सिकन साथीलाई कुरा सुनाइन मेक्सिकन साथीले कुरा लाइ निभाउन हैन अझ बल्न सहयोग गरिन । उसले भनि– अब त तेरो श्रीमान लाई झन् सजिलो भयो नि त्यो केटि लाई भेट्न जान । झन् बेलुका तिमी काममा भएको बेला त्यो केटीको कोठामै गयो भने झन् तेरो त तेरो छोराछोरी पनि हुन्नन् । अनि भन त झन् के के हुन्छ ?
 
कहिलेकाही यो आइमाइको दिमाख यत्ति स्पीडमा चल्छ कि मानौ ८  रेक्टरस्केलकै भुइचालो नै आइदिन्छ । अब उसलाई अरु कुरा ले हैन त्यो मेक्सिकन साथीले भनेको कुरा ले झन्झन् कमजोर बनाउन थाल्यो । काममा मन नलाग्ने भएकाले काममा ध्यान दिन छाडी । काम गर्न मन नलगाएको देखेर मेनेजर रे वार्निंग लेटर नै दियो । मनमा त्यसैत्यसै अशान्तिको खात माथि खात लाग्दै गयो ।
 
एकदिन धेरै पछि घरमा सानो पार्टी राख्ने निर्णय गरे । लोग्नेले सोच्यो यसो गरे श्रीमतीको मन अलिक रिफ्रेस हुन्छ कि ।
 
आफन्तहरु बोलाएर घरमा पार्टी गरियो । अन्तिम तिर रेखाले आफ्नो श्रीमान सँग झर्कदै वाइन थप्न मागिन । रमेशले दिएनन् । उनलाई थाहा थियो रेखाले अघिनै धेरै पिइसकी भनेर । त्यसैले थप्न सहमति दिएनन् ।  अब भने रेखा लाई कहिले देखिको लोग्नेसँगको रिस उठेर आयो ।
 
अनुहार रातोरातो बनाउँदै रमेशलाई नानाभाँती गाली गर्न थालिन। आजकाल मलाई माया गर्न छाडेका छौ, दुनियाको हेल्पर भएर बसेका छौ । यस्तै यस्तै भन्दा भन्दै उनी उनी यसरी चिच्याउन थालिन । रमेशले रेखाको आवाज बन्द गर्न गालामा एक थप्पड नै लगाउनु पर्ने अवस्था अायो ।
 
रेखा रुँदै कोठामा गएर पल्टिन । एकैछिनमा उनि निदाइछिन । रमेशले आएका सबै पाहुनाहरुसँग माफी मागे । उनले भने–‘अलिक धेरै नै पिएकी छिन उनले अन्यथा नसोची दिनु होला।‘
 
उनले सबैलाइ बिदा दिए । कोठामा गएर सुत्न खोजे फेरि निदाएकी श्रीमतीलाइ चलाउनु भन्दा केटाकेटीको रूममा गएर सुत्ने निर्णय लिए । बिहान रमेश भन्दा पहिले रेखा उठिन । केहिबेरमा मा रमेश ब्युझियो । नानीबाबुको अगाडी आफुहरु ठिक भएको देखाउन रमेशले छोरीलाइ संबोधन गर्दै भन्यो–‘नानी मामुलाई चिया भनिदेउन मेरो लागि ।‘
 
तर रेखा को रिस चुलिएको थियो । उनले कराउँदै भनिन–‘रात भरि कुटेर पुगेन र चिया चाहियो रे भन्देउ ।‘ रमेशले रेखा तिमीले नानीको अगाडी बोल्ने तरिका त्यही हो भनेर के भनेका थिए रेखा सिंहिनीझैँ गर्जिँदै आज आएर बोल्न सिकाउने तिमी मलाई भनेर झर्किन थालिन ।
 
घरमा चिया खाने माहोल उनले देखेनन् । रमेश बाहिर निस्किए । स्टारबक्समा कफी मगाएर खान के लागेका थिए उताबाट त्यही साली बहिनीको फोन आयो । सुरुमा त रमेशलाइ लाग्यो– रेखाले फोन नउठाएकोले मलाई गरेको होला । जब रमेशले फोन उठाएर हेल्लो मात्र के भनेका थिए ती साली बहिनि त ह्वाह्वा… गरेर पो रुन थालिन ।
 
‘के भयो तिमीलाई किन रोएकी यसरी ?‘ रमेशले सोधे । ती बहिनीले आफुलाई तपाईसँग लागेको भनेर दिदीले आरोप लगाएको कुरा सुनाउदा रमेशलाई ठुलै बज्रपात परे जस्तो भयो । रमेश सिधै घरमा आएर श्रीमती लाई गाली गर्न चाहन्थ्यो । फेरि बच्चाहरूको आज छुटी छ । उनीहरुको अगाडी मैले यसो गर्नुहुन्न भन्ने सोच्छ ।
 
उ रेखालाई फोन गर्छ । अनि झपार्छ–‘तिमी आजकल निकै बाठी हुँदैछौ के हुनलाई हो कुन्नि ? त्यो तिम्री बहिनीलाई किन गाली गरेको अनाहक मा ?‘
 
यति भन्न के भ्याएका थिए फेरि रेखाले त्यो बहिनीलाई नै फोन गरेर थर्काइन । अझ तेरो मान्छेलाई सुनाउन पनि भ्याइसकिस ? भन्दै नाना थरि गाली गरिन् । त्यसपछि अब ती बहिनीलाई सहनै गार्हो भयो । उनीले भिनाजुलाई फोन गरेर आफ्नोमा आउन आग्रह गरिन । जब रमेश उनको अपार्टमेन्टमा गए ती बहिनीलाई देखेर उनलाई रमेशलाइ दया लाग्यो। बहिनी अर्थात् नाताले साली पनि रुँदै भेनाजुलाइ छाँद हालिन् । उनी भन्दैथिइन्–‘भिनाजु मैले कहाँ के गल्ति गरे र आज यो सुन्नु पर्यो ?‘
 
रमेशले माहोल मिलाउन एकछिन अप्ठेरो मान्यो । तरपनि सालीको यो हालत देखेपछि उनले पनि तिनको टाउको सुम्सुमाउँदै नरून अाग्रह गरे । सालीको अँगालोमा बाधिएका रमेशलाई असहज महसुस हुँदै गयो । जब सालीले आफ्नो अनुहारकै छेउमा उनको अनुहार ल्याएर तातो स्वरमा बेस्सरी चिच्याउदै रुन थालिन रमेशको मन थामिएन । उनले आफ्नो मुख उनकै मुखमा लगेर जोडिदिए । आजसम्म कसैको मुखमा मुख नगाढेकी ती सालीलाई पनि भिनाजुको त्यो नरम ओठमा आफ्नो ओठ राख्दा विछट्टै आनन्द भयो । उनले प्रतिकार गर्नुको सट्टा अझ नजिकिएकी हुन् भन्ने कुरा रमेशले सहजै बुझ्न सक्थ्यो । सम्बन्धले नचाहँदा नचाहँदै पनि नयाँ रुप लिएको रमेशलाई पनि भान भयो । ती  बहिनि जसले बिना दोषनै गल्तिको शिकार बन्नु परेको रिसले आफुले गरिरहेको यो गल्तिमा कुनै पश्चाताप महसुस भएन । यसैगरि उनीहरू शरिरमाथि शरिर र अोठमाथि अोठ राखे निकैबेर अँगालोमा बाँधिए ।
 
उता रेखा पनि यस्तै सोचेर बसेकी थिइन् । मेरो के गल्ती छ र ? रमेश आफै एकाएक परिवर्तन भएको हो भन्दै रिसले मुर्मुरिइ रहेकी थिइन् ।  यसरी रेखा र रमेशको सम्बन्धमा दिन दुइ गुना, रात चौगुना दरार पैदा हुन सुरू भयो । सम्बन्ध यसरी बिग्रियो कि अब दुवै जना एक अर्कासँग सँगै बस्नै नसक्नेमा निधोमा पुगे । दुवैले निर्णय गरे–अब पारपाचुके गर्ने ।
 
एक दिन बिहान उनीहरु दुवै जान वकिलकोमा सल्लाह लिन गए। उनीहरू नेपाली वकिलकोमा पुगे र भने–‘हामी पारपाचुके गर्ने निर्णयमा पुगेका छाैँ । तपाइ नेपाली वकिल भएको नाताले हामीलाई कस्तो सल्लाह दिनुहुन्छ ?
 
उनीहरूका दुइ सन्तानमध्य एउटा ५ क्लास र अर्को ३ क्लास मा पढ्दैछन् । तिनीहरुलाई पनि सँगै लिएर गएका थिए उनीहरूले । वकिलले सम्वन्ध विच्छेद नगर्न सुझाव दिए । तर दुबैले त्यो सुझावलाइ टेरेनन् ।
 
अन्तिममा केहि नलागे पछि ती दुइ सन्तान अघि सारेर वकिलले भने–‘नानीबाबु हो, अब तिम्रो मामु बाबाले सम्बन्ध बिच्छेद गर्ने कुरा छ । तिमीहरु को सँग बस्न चाहन्छाै ? जेठी छोरीले नेपालीमा सोधिएको प्रश्नलाई सहझै बुझिन । सानो भाइले भने आधा उधि मात्रै बुझ्यो ।
 
जब छोरीले आफ्ना आमाबाबा तिर फर्किएर वकिलको जवाफमा भनिन "हजुरहरुलाई थाहा छ के गर्दै हुनुहुन्छ ? हाम्रो फिलिंग्स तपाइहरूले कहिले बुझ्ने प्रयास गर्नुभएन ? सधै भन्नुहुन्थ्यो तिमिहरु कै भबिष्यका लागि हामी अमेरिका आएका हौ भनेर । यहि हो हाम्रो भबिष्य ?  हजुरहरु लाइ के थाहा भाइ र म स्कुलमा साथीहरुको अगाडी कत्ति प्राउड फिल गर्थ्याै । जब साथीहरुले मेरो आमाले छोडेर गएकी भन्थे त कत्ति साथीले बाबाले आमालाई छाडेर गएको भन्दा हामी दुइ सधै हाम्रो मामु बाबा त संसार कै मिल्ने जोडी हो भनेर सुनाउँदा कत्ति खुशी हुन्थ्याै हामी ।‘ यति भन्दाभन्दै उनी भक्कानिएर रून थालिन् ।
 
छोरीले अाजबाट स्कुल नजाने भन्दै भाइलाई समेत अंगालोमा हाल्दै दुवै रुन थालिन् । भाइ रोएको बुझेर दिदिदले फेरी आफुलाई सन्त पर्दै भनिन भाइलाइ शान्त होउ भनिन् ।
 
जब यो दृश्य वकिलले देखे आखा मा आसु थाम्नै सकेनन । उता रेखा को अनुहारमा रमेश ले हेर्दै थिए। रेखाको पनि आँशु भरिएको आँखा देखेर रमेशको आँखाबाट पनि आँशु झरे । रमेशको आँखामा कहिले पनि यसरी आसु नदेखेकी रेखाको मन एकएक परिवर्तन भयो । रेखा रमेशलाई अँगालोमा बाँधेर रुँदै भनिन–‘अब देखि यो कुरै नगर्ने । अब हामी कहिले झगडा नगराै । रमेशले पनि स्विकार गरे । वकिलकै अगाडी आफुहरु अबदेखि कहिले झगडा नगर्ने र ती दुइ सन्तानको खुशीको लागि बाँच्ने निर्णय गरे ।
 
हिजोअाज चर्चा सुनिन्छ–रमेश र रेखा पहिले बसेको ठाउँबाट अलि टाढा बसेका छन् । नेपाली समुदायको सम्पर्कमा छैनन् । रेखाकी बहिनी अर्थात रमेशकी साली नाता पर्ने भने कता पुगिन् टोलभरि कसैलाइ पत्तो छैन।