मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

एनआरएन अमेरिकामा मुहान सफा बनाउँ

एनआरएन अमेरिकामा मुहान सफा बनाउँ


गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकामा फेरि चहल पहल बढेको छ ।  केही महिनापछि हुने निर्वाचन र त्यसका लागि सदस्यता दिलाउने क्रमसँगै चहलपहल सुरू भएको हो ।  
 
हुनत, संसारभरिकै अभ्यास हो कि–नेतृत्व चयनको निर्वाचन नजिकिँदै जाँदा सदस्यता वितरण देखी आकांक्षीहरुसम्मको गतिले तिव्रता लिन्छ ।  यस अर्थमा अहिले देखिएको चहलपहललाइ मैले स्वभाबिक रुपमा लिएको छु । 
 
तर मेरो शुरुदेखि कै एउटा ‘कन्भिक्सन’ छ कि, एनआरएन अमेरिकालाइ ‘निर्वाचनका बेलाको खेल’ मात्र बनाउनु हुँदैन । हामीले यो संस्थालाइ सधैंको बलियो, भरपर्दो र प्रभावकारी संस्थाको रुपमा बिकास गर्नुपर्छ । 
 
बिवादरहित र अमेरिका सुहाउँदो एनआरएनए सदैव मेरो चाहना हो ।  अमेरिकामा रहेका सबै नेपालीको पनि यही र यस्तै चाहना छ भन्ने मलाइ लाग्छ ।
 
बिगतमा जे भए भए । एनआरएन अमेरिकालाइ बिवादरहित बनाउन र निर्वाचनको खेलको मात्र बिषय बन्न नदिन यसपटक अहिले देखिनै तपाइ हामी सचेत र सक्रिय हुन जरुरी छ । जहिले पनि विवादको सुरुवात, सदस्य बनाउने दिनदेखि नै शुरु हुने गरेको छ । यसपटक बिगतमा जस्तो नहोस । असल र इमान्दार नेपालीलाइ छोडेर, ‘हार्ड ड्राइभ’ मा भरपर्नु पर्ने स्थिति नबनोस । तपाइ हामी सबैभन्दा चनाखो हुनुपर्ने बिषय अहिले यही हो । 
 
यसका लागि तपाइ–हामी सबैको प्रयास यसपटक केन्द्रित हुनेछ भन्ने मैले आशा लिएको छु । यसपटक मुहान सफा गर्नेतर्फ लाग्न सकियो भने बग्ने नदी त यसै सफा भैहाल्छ । नदीको बहाव र पानी ठिक छ भने डुंगा जसले चलाए पनि हुन्छ । जसले डुंगाको नेतृत्व लिए पनि हुन्छ । 
 
पहिला हामीलाइ ठिक बहावको र प्रष्ट गहिराइ देख्न सकिने नदी चाहिएको छ । र त्यसपछि मात्र डुंगा चहलाउने सही मान्छे ।
 
डुंगा चलाउने मान्छे अनुभवी र नदीको बहाव बुझेको त हुनुपर्छ नै, त्यो भन्दा पनि बढी निष्पक्ष र बिवादरहित हुनुपर्छ । कुनै जातीय वा राजनैतीक रंग हुनु हुँदैन उसमा । जसले मान्छे हेरेर माझीले नदी तार्न थाल्छ, त्यसलाइ डुंगाको भरपर्दो चालक मान्न सकिदैंन ।
 
मेरो स्वार्थ भन्नुस कि चाहना त्यो एउटा मात्रै हो – बिवादरहित र प्रभावकारी एनआरएन अमेरिका ।
 
हामी आफैँले यो संस्थालाइ हल्का र अविश्वासिलो संस्था बनाइरहेका  छौं । हाम्रै ब्यबहार र शैलीहरुले अहिलेसम्म एनआरएन अमेरिकालाइ बलियो हुन दिएको छैन । 
 
खासमा एनआरएन अमेरिका सामान्य र हल्का अरु राजनीतिक, क्षेत्रीय वा जातीय संस्थाहरु जस्तो होइन । तर यस भित्रका कतीपय गतीबिधिले यो संस्थालाइ अरु राजनीतिक, क्षेत्रीय र जातीय संस्था भन्दा पनि कमजोर र हल्का बनाएको छ । 
 
परेको बेला नेपाल र अमेरिका बिचको राज्यस्तरीय सम्बन्धहरुमा पुलको काम गर्ने, सरकारी स्तरका द्विपक्षीय वार्ताहरुलाइ सहज र प्रभावकारी बनाउन भुमिका खेल्न सक्ने हैसीयत भएको एनआरएन अमेरिका सदस्य बनिदेउँ भन्दै मेम्बरशीप ड्राइभ गर्दै हिड्नुपर्ने अवस्था अाउनु लाजमर्दो अवस्था हो । 
 
तरिका पुरयाउने हो भने दुइ देश बिचका कतिपय प्राज्ञीक, कुटनैतीक र आर्थिक क्षेत्रमा एनआरएन अमेरिकाले महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ । आपसी खिचातानी, बढता राजनीतिक आग्रह वा पुर्वाग्रह र अनावश्यक अहंमलाइ त्याग्ने हो मात्र भने एनआरएन अमेरिकाले माथी भनेजस्तै काम गर्न सक्ने गरि आफनो हैसियत खडा गर्नसक्छ । 
 
हैसीयत बढेपछि त्यसका गतिविधिहरु स्वभाविक रुपले बढछन । त्यसपछि ती गतिविधिहरू स्वभावीक रुपमा अमेरिकामा रहेका नेपाली र नेपाललाइ फाइदा पुग्छ । अनि सदस्य बन्न जो पनि नेपाली लालायीत हुनपुग्छन् । 
 
आफनो व्यक्तिगत छोटो लाभहानीका लागि दुइ देशकै बिच महत्वपुर्ण भुमिका खेल्न सक्ने यो संस्थालाइ व्यक्तिवादी, आत्मकेन्द्रित र फितलो बनाइरहेका छाै हामीले । सदस्यता ग्रहण वा वितरणदेखी नै तपाइ हामी सबै सक्रिय होउँ । खराबलाइ निरुत्साहीत र असललाइ प्रोत्साहन गर्न स्वस्फुर्त रुपमा सदस्य बनौं । र यसलाइ कर्मभुमि तथा मातृभुमि दुबैतिर सरकारी र जनस्तरमा खोजीने संस्थाको रुपमा बिकास गरौं । यसका लागि अहिले देखि नै ‘सदस्यताको खेल’ होइन, आपसी सम्वाद,  समझदारी र भिजनमा बढी ध्यान दिउँ । बरु कस्तो एनआरएन  र किन एनआरएन भन्ने जस्ता कुरामा बहसहरु चलाउँ ।  
 
(लेखकः एनअारएन अमेरिकाका पूर्व उपाध्यक्ष हुन् ।)