मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चुनावमा पार्टीलाई अन्तरघात गरी कांग्रेस पूर्वसांसद नेकपामा प्रवेश

चुनावमा पार्टीलाई अन्तरघात गरी कांग्रेस पूर्वसांसद नेकपामा प्रवेश


भरतपुर । पार्टीलाई चुवावमा अन्तरघात गरेर पार्टीबाटै बहिस्कृत भएका तीर्थ भुसाल नेकपामा प्रवेश गरेका छन् । विभिन्न निर्वाचनमा पार्टीबाट उम्मेदवारको आकांक्षी बनेका उनले आफूले टिकट नपाएपछि पार्टीका उम्मेदवार हराउन सक्रिय रहेको आरोप लागेको थियो । 
 
पार्टीको गतिविधिलाई सुराकी गरेर विपक्षी दललाई सघाउदै आएको आरोपमा उनलाई काँग्रेसले बहिस्कृत गर्दै आएको थियो । काँग्रेसले उनलाई सबै कार्यक्रममा निषेध गर्दै आएको थियो । 
 
पार्टीबाट आफैँले मात्र अवसर खोज्ने भुसालले पार्टीका सक्रिय नेताले पाएको अवसरको विरोध गर्थे । अरु केही उपाय नरहेपछि बाध्यतावश उनी नेपाल कम्युनिष्ट पार्टीमा गए पनि उनको निश्कासनबाट पार्टी बलियो भएको माडी काँग्रेसका नेता कार्यकर्ताको बुझाइ छ । 
 
पूर्व जिल्ला सभापति भनिए पनि उनी केही समय कार्यवाहक सभापति मात्र रहेका थिए । पार्टीको हित विपरीत सुराकी गरेको खुलासा भएपछि उनलाई हरेक कार्यक्रम र गतिविधिमा वञ्चित गरिएको थियो । 
२०६४ सालको संविधान सभा निर्वाचनमा विपक्षी पार्टीलाई सघाएका थिए । उनले हरेकपटक आफैँले टिकट पाउनुपर्ने माग गर्थे । 
 
गत वर्ष भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सघाएको आरोप छ । उनी पार्टी प्रवेश गरेको खबर सार्वजनिक भएलगत्तै नेपाली कांग्रेस चितवनले उनले पार्टी छोड्दैमा कुनै क्षति नभएको प्रतिक्रिया दिएको छ । 
 
“विगतमा उनको शंकास्पद गतिविधिबारे हामी जानकार थियौँ”, कांग्रेस चितवनका सचिव उत्तम जोशीले भने, “कारबाहीको तयारी भैरहेका बेला उनले छाडेर गएका हुन्, पार्टीले ३ वर्ष यता कुनैपनि गोप्य छलफलमा सहभागी गराउन छाडेको थियो ।” 
 
०७० सालमै रामपुरमा तत्कालीन माओवादीका शीर्ष नेताहरु प्रचण्ड, रामबहादुर थापासँग गोप्य छलफल गरी पार्टी प्रवेश गर्ने तयारीमै उनी रहेको सूचना पाएको बताए । 
 
“उनी पार्टीप्रति सक्रिय थिएनन्, माडीको मेयर पदमा समेत हामीले उम्मेदवार बनाएनौँ”, उनले भने, “अहिले पार्टी छाडेर गए, हामीलाई कुनै दुखेसो छैन ।” 
 
विगतमा पार्टीका लागि लागेपनि केही वर्ष यता पार्टी विरुद्धका गतिविधिमा लाग्दै आएकाले उनीसँग पार्टीबारे कुनै राय सल्लाह नलिएको दाबी उनले गरे ।
 
२०५१ सालमा चितवन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बनेका भूषाल क्षेत्रको विकासमा केही काम नगरेको भन्दै जनताले तीव्र आलोचना गरेका थिए । 
 
तत्कालीन समयमा विकासले पछि परेको क्षेत्रमा उनले केही काम नगरेको त्यस क्षेत्रका कार्यकर्ताले गुनासो गरेका थिए । तत्कालीन समयमा नारायण शर्माले पाएको टिकट उनले बिन्ती गरेपछि टिकट मागेका थिए । माडी बस्दै आएका भूषाल नैतिक आचरणमा समेत विवादित बनेका थिए । 
 
उनका आफ्नै भाइ सुभाष भुसालले समाजिक संजाल फेसबुकमा कडा शब्दमा तीर्थ भुसालको विरोध गरेका छन् । लोकतन्त्रमा आफूले चाहेको दलमा प्रवेश गर्नु स्वभाविक रहेको भन्दै उनी नेकपामा प्रवेश गरेर विगतमा लागेको आरोप पुष्टि भएको लेखेका छन् । 
 
तीर्थ भुसालकी श्रीमतीसहित परिवारका सबै सदस्य भने कांग्रेसमै रहेको भनिएको छ । यसबारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराई पारिवारिक स्रोतले जनाएका छन् ।