मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार मार्ने अभियुक्तहरु प्रहरी खोरमा

पत्रकार मार्ने अभियुक्तहरु प्रहरी खोरमा


हेटौँडा । मकवानपुरका सञ्चारकर्मी एवम् शिक्षक मनोहर ढकालको हत्या गर्ने दुई अभियुक्तलाई आज प्रहरीले सार्वजनिक गरेको छ । 
 
लागुपदार्थ प्रयोग गरिरहेको अवस्थामा ढकालले सम्झाउन खोजेपछि वादविवाद हु“दा हत्या भएको प्रहरीले जनाएको छ । 
 
गत पुस २५ गते सा“झ हेटौँडा–१ भैरवडा“डामा ढकालको हत्या भएको थियो ।  हत्यामा संलग्न हुनेमा हेटौँडा–११ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउ“पालिका वडा नं १ का १८ वर्षीय प्रवीण वाइवा रहेका छन् । 
 
यस्तै, अभियुक्तबाट मोबाइल खरिद गर्ने मोबाइल व्यवसायी भीमफेदी–६ का ३१ वर्षीय दिनेश थापा र सुनको औँठी खरिद गर्ने सुन व्यवसायी हेटौँडा–२ का नारायणबहादुर सुनारसमेत पक्राउ परेका छन् । ढकालको औंठी लुटेर हत्या गरेपछि हेटौँडा २ स्थित नारायणी सुनचाँदी पसलमा औँठी बेचेका थिए । 
 
सो औठी किन्ने सञ्चालक नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको हो । हत्यामा संग्लन अभियुक्तहरुलाई अदालतबाट जन्मकैदसम्मको फैसला हुनसक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।