मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता


दुल्लु । भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । 
 
नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । 
 
सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको समूहले नशालु वस्तु खुवाएर बेहोस पारी ८७ हजार भारतीय रुपैयाँ लुटेको जानकारी प्राप्त भएको नारायण–४ का वडा सदस्य खगिसरा सुनारले बताए । 
 
रुद्रप्रयागमा अढाइ महीना मजदूरी गरी घर आउँदै गर्दा उनीहरुलाई दिउँसोको समयमा हरिद्धारको बसपार्कनजिक अपरिचित व्यक्तिले जबर्जस्ती चिया खुवाएलगत्तै बेहोस भएपछि नगद, लत्ताकपडा, मोबाइलसमेत लुटिएको भक्तबहादुरकी भाइबुहारी पुष्पाले जानकारी दिइन् । 
 
घटनाको पाँचौँ दिन हरिद्वार नजिकको एक जङ्गलमा होस खुलेपछि नजिकको बस्तीमा आएर चक्रबहादुरले घर परिवारको मोबाइलमा शुक्रबारमात्र सम्पर्क गरेपछि घटनाबारे थाहा भएको हो । 
 
अर्काकै फोनबाट घरपरिवारलाई सम्पर्क गरेका उनीहरु आजसम्म घर नआएको पुष्पाले बताइन् । 
 
फोन सम्पर्कमा ल्याइदिने व्यक्तिले पाँच हजार भारतीय रुपैयाँ रेमिटान्समार्फत पठाउन लगाएका र सो रकम प्राप्त गरेपछि फोन नउठाएपछि थप शङ्का पैदा भएको चक्रका छोरा नरेशले बताए । 
 
दैलेखका पत्रकार अमर सुनारको पहलमा उनीहरुका बारेमा हरिद्वारमा रहेका दैलेख पिपलकोटका रामप्रसाद जोशी र उत्तराखण्डकै रुद्रपुरमा रहका मनोज थापाले शुक्रबार दिनभर भारतीय प्रहरी, सामाजिक सञ्जाल र सम्भावित सूचना स्रोतसँग खोजविन गर्दासमेत पत्ता लाग्न सकेको छैन । रासस