मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी सरकार सटडाउन, समाधानको उपाय अझ देखिएको छैन

अमेरिकी सरकार सटडाउन, समाधानको उपाय अझ देखिएको छैन


हिमालयखखर सवाददाता
अमेरिका- अमेरिका सरकार खर्च अभावले आंशिक वन्द भएको एक महिना हुन लाग्दा पनि राष्ट्रपति र हाउस अफ रिप्रेजेन्टेटिभ कांग्रेसमा बहुमत रहेको डेमोक्र्याट पार्टी विच सहमती जुट्न सकेको छैन । सहमती जुट्ने भन्दा पनि दुई पक्षविच दुरी अझ फराकिलो वन्न थालेको छ ।
 
वासिंटन डीसीको यो संकट कसरी र कहिले सकिन्छ भन्न कठिन भएको छ ।  यो सट्डाउनले विभिन्न क्ष्ँेत्रमा प्रभावहरु देखिन थालेका छन् । शुक्रवार राती सरकार सट्डाउन २८ दिन हुन्छ । यो अमेरिकी इतिहासमा अहिलेसम्मकै सवैभन्दा लामो सरकार सटडाउन हो ।
 
राष्ट्रपति डोनाल्ड ट्रम्पल आफ्नो महत्कांक्षी घोषणा अमेरिका मेक्सिको सिमामा पर्खाल लगाउन करिव ६ अर्ब अमेरिकी डलर माग गरेपछि खर्च विद्येयक कांग्रेसमा अस्विकृत भएको हो । कांग्रेसको नेतृत्व डेमोक्र्याट पार्टीकी नेता नेन्सी पोलेसीले गरेकी छिन् ।
 
केही दिन यता वासिंटन डीसीमा भएका घटनाक्रमले राष्ट्रपति ट्रम्प र संसदमा बहुमत पार्टी कि नेता पोलेसी विच दुरी बढ्दै गएको छ । दुवै पक्ष आरोप र प्रत्यारोपमा लागेका छन् ।
 
यसैविच राष्ट्रपति ट्रम्पले स्विजरल्याण्डमा हुन लागेको विश्व आर्थिक मञ्चको वैठकमा सहभागीता रद्द गरेका छन् । पोलेसीको अफगानिस्तानको भ्रमणपनि रद्द भएको छ । अफगानिस्तानमा कार्यरत अमेरिकी सेनाको हौसला वढाउन पोलेसी सहितको संसदीय टोलीले त्यहां भ्रमण गर्ने योजना वनाएको थियो । कर्मशियल विमान सेवा मार्फत अफगानिस्तान जान लागेको यो टोलीको कार्यक्रम विवरण सार्वजनिक भएपछि सुरक्षाका कारण उक्त भ्रमण रद्द भएको हो । 
 
ह्वाइट हाउसले यो सुरक्षाका दृष्टिलेले संवेदनशील भ्रमणको तालिका सार्वजनिक गरिदिएको आरोप पोलेसीले लगाएकी छिन् । तर, ट्रम्पले भने यो अवधिमा दुई पक्षविच गम्भिर बार्ताका लागि समय हुने वताउंदै अर्को तालिकामा भ्रमण गर्ने व्यवस्था मिलाउने वताएका छन् ।
 
सरकार सटडाउन हुदां अमेरिकी सरकारका आधा भन्दा वढी कर्मचारीले पारिश्रमिक पाएका छैनन् । यसले पार्क सेवा देखि हवाई सुरक्षासम्म प्रभावित भएको छ । ग्रिनकार्ड, अमेरिकी नागरिकताका, आश्रयका लागि निवेदन दिनेको काम कारवाही सुस्त भएको छ । कर्मचारी अभावले ४० हजार भन्दा वढी आप्रावासीको अन्र्तवार्ता पछि सरेको अमेरिकी संचार माध्यमले जनाएका छन् ।
 
यसले निजी क्ष्ँेत्रको व्यवसायीक कारोवारमा पनि असर परेको छ । डेल्टा एयरले सरकार सटडाउन हुदां आफ्नो व्यवसायमा करोडौ हानी भएको दावी गरेको छ । तर, अमेरिकाको शेयर बजारमा भने यसको असर देखिएको छैन । शेयर बजार आफ्नै लयमा तल माथि भईरहेको छ । तस्बिर: सामाजिक संजाल