मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

त्रिशूलीमा फोहोर फ्याँके कारवाही

त्रिशूलीमा फोहोर फ्याँके कारवाही


मुग्लिन । त्रिशूली नदीमा फोहोर फ्याँक्नेलाई कारवाही गरिने भएको छ । इच्छाकामना गाउँपालिकाले सूचना जारी गर्दै त्रिशूली नदी र त्यस वरपर फोहोर नफ्याँक्न आग्रह गरेको हो । 
 
सूचनालाई अटेर गरी फोहर फ्याँकेमा प्रचलित कानूनअनुसार कारवाही गरिने गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले बताए । 
 
गाउँपालिकालाई सफा र हरियालियुक्त बनाउनका निम्ति ‘क्लिन एण्ड ग्रिन इच्छाकामना’ अभियान सञ्चालन गरिएको उनले जानकारी दिए । 
 
“सूचना अटेर गरी त्रिशूलीमा फोहर फ्याँकेको पाइएमा प्रचलितअनुसारको कानूनी कारवाही गरिनेछ,” उनले भने । 
 
गाउँपालिकाले फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको छ । “फोहर सङ्कलन गर्न सवारीसाधनका लागि बोलपत्र आह्वान गरिएको छ,” अध्यक्ष गुरुङले भने । दश वर्षका लागि निजी व्यक्तिको जग्गा भाडामा लिई फोहर व्यवस्थापन केन्द्र निर्माण गरिएको छ ।