मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

लस एन्जलसमा (नयाँबर्ष) तमु ल्होछारको तयारी सम्पन्न

लस एन्जलसमा (नयाँबर्ष) तमु ल्होछारको तयारी सम्पन्न


क्यालिफोर्निया लसएन्जल्समा गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई जगेर्ना गर्ने उध्येश्यले  नयाँ बर्ष २०१९ जनवरी महिनाको २० तारिख आईतबारको दिन तारा हिमालयन कुजिन आर्टेशिया शहरमा ल्होछार पर्ब दोहाोरी गायिका शिला आलेमगर र गुरुङ समुदायकी चर्चित कलाकार मिना गुरुङको साथमा मनाउने भएको छ । तमु ल्होछारको  सम्पुर्ण तयारी सम्पन्न भईसकेको छ ।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ्ग समाज हो ।
 
जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव हो भन्दै विभिन्न सांस्कृतिक कार्यक्रम तथा गायिका शिला आलेमगर र गुरुङ समुदायकी चर्चित कलाकार मिना गुरुङको साथमा मनोरंन्जनात्मक ढंगले ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले यसै सुचन मार्फल लसएन्जल्स वासी नेपाली समुदायका  सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरु एंव स्थानिय संघ संस्थाको प्रमुख तथा प्रतिनिधिहरुलाई यसै सुचना मार्फ़त चुलो निम्तो भनि आह्वान समेत गरेका छन् ।