मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

निर्मला हत्याकाण्डको विषयमा चलचित्र बन्दै

निर्मला हत्याकाण्डको विषयमा चलचित्र बन्दै


भरतपुर । कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डको विषयमा नेपाली कथानक चलचित्र ‘कोपिला’ निर्माण हुने भएको छ ।
 
कलावती फिल्मस् प्रोडक्सन प्रालिले चलचित्रको छायांकन पूरा भएको जनाएको छ । चलचित्र युनिटले पत्रकार सम्मेलन गरी निर्मला पन्तको हत्यापछि हालसम्म भएको अवस्थालाई चलचित्रमा उतारिएको जनाएको छ ।
 
चलचित्रका निर्देशक शिवम् अधिकारीले निर्मला पन्तको हत्यारा पत्ता नलाग्दा राजनीतिक चलखेल र सामाजिक मनोवैज्ञानिक परिस्थितिलाई चलचित्रमा राखिएको बताए ।
 
उनले भने, ‘निर्मलाको हत्यारा हालसम्म पत्ता लागेको छैन, चलचित्रमा पनि पत्ता लाग्दैन । तर भोलि पत्ता लागेको खण्डमा चलचित्रमा दृश्य थप्ने वा काट्ने हुँदैन ।’ उनले चलचित्र निर्मलाको मात्र नभई नारीमाथि हुने हिंसा, बलात्कार, हत्याविरूद्ध उभिएको बताए ।
 
चलचित्रमा निर्मलाको भूमिकामा कोपिला अर्थात् सञ्जीवनी खरेलले अभिनय गरेकी छन् ।
 
अन्य कलाकारहरुमा गणेश गिरी, सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, अस्मिन घिमिरेलगायतले अभिनय गरेका छन् । चलचित्रमा मणिराज गौतम र करुणाकर घिमिरे मुख्य निर्माताका रुपमा रहेका छन् ।