मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकाको पूर्ण बैठक न्यूयोर्कमा सम्पन्न

एनआरएन अमेरिकाको पूर्ण बैठक न्यूयोर्कमा सम्पन्न


न्यूयोर्क (अमेरिका) – गैरआवासीय नेपाली संघ (एनअारएन) अमेरिकाको पूर्ण बैठक तथा च्याप्टरहरुको भेला न्यूयोर्कमा सम्पन्न भएको छ । न्यूयोर्क च्याप्टरको आयोजना भएको बैठकले बिभिन्न बिषयहरुमाथी छलफल गरी निर्णय समेत सार्वजनिक गरेको छ ।
 
२०१७/२०१९ को कार्यकालको अन्तिम चरणमा रहेको एनआरएनए अमेरिकाको सम्पन्न बैठकले आगामी कार्यकालको निर्वाचनको लागि तयारी समेत गरेको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
 
एनआरएनए अमेरिकाका पदाधिकारी, बोर्ड सदस्य, सल्लाहकार, आईसीसी बोर्ड सदस्य, च्याप्टरका पदाधिकारी तथा सदस्यहरू सम्मलित बैठकले बिगत तथा वर्तमानमा भईरहेका गतिविधि तथा प्रगती विवरणमा समेत छलफल भएर निर्णय भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।
 
 
एनआरएनए अमेरिकाको बैठकले आगामी निर्वाचन सम्पन्न गर्नका लागि आईटी तथा परिवेक्षक समिति र थर्ड पार्टी भेरिफिकेशन समिति गठन गरेको छ । आईटी समितिको संयोजकमा स्वराज खाती सदस्यहरुमा पवन योञ्जन र सत्य चौधरी रहेको जनाईएको छ । 
 
यस्तै परिवेक्षक समितिको संयोजकमा एनआरएन अभियान्ता डा. तारा निरौला, सदस्यमा एनआरएनए अमेरिका सल्लाहकार डा. रुद्र अर्याल र सञ्चारकर्मी शैलेश श्रेष्ठ रहेका छन् भने थर्ड पार्टी भेरिफिकेशनलाई समन्व्य गर्न आन्तरिक कमिटि संयोजकमा रामकुमार सुवेदी, सदस्यहरु बाल जोशी र पवन योञ्जन रहेको जनाइको छ ।
 
यसैगरी सदस्यता नविकरण बारेमा बिभिन्न छलफल गरी सदस्यता विस्तारका लागि काम गर्ने निर्णय गरेको छ । जस अनुसार साँझको गाला डिनरमा सबै च्याप्टरका पदाधिकारी तथा नेतृत्व तहमा रहेकाहरुलाई अध्यक्ष डा. केशव पौडेलले जानकारी गराएका थिए ।
 
यसैगरी नेपालमा वातावरण प्रदुषणको बारेमा काम गर्नका लागि बोर्डका सल्लाहकार समेत रहेका बिज्ञ डा. पुरु श्रेष्ठले पेश गरेको सहयोग सम्वन्धमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिइएको छ । साथै च्याप्टरहरुको भेलामा सहभागि सबै च्याप्टरका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद सहित पेश भएका बिषयहरु माथी छलफल गरिएको महासचिव बीअार लामाले जानकारी दिएका छन् ।
 
अन्तराष्ट्रिय समन्व्य समितिका सदस्यहरु समेत सम्मिलित बैठकको आयोजना गर्ने न्यूयोर्क च्याप्टरलाई बिशेष धन्यवाद सहित बैठक सकिएको छ । ‘यसले आगामी निर्वाचन, सदस्यता नविकरण तथा एनआरएनको अभियानलाई थप बल मिल्ने आशा गरेको छु,‘ अध्यक्ष डा. केशव पौडेलले भने, हामी एनआरएनहरुको दोहोरो नागरिकताका बिषयमा पनि काम गरिरहेका छौं ।
 
अध्यक्ष पौडेलले एनआरएन सबैको साझा सस्था भएकाले बिभिन्न संघ सस्थाहरुसँग मिलेर काम गर्न च्याप्टरका अध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् । उनले सबै समुदायलाई लिएर हिड्ने साझा सस्था एनआरएनए अमेरिका भएको जनाउँदै आगामी दिनमा ५० वटै राज्यमा च्याप्टर बिस्तार गर्ने लक्ष्य रहेको जानकारी गराए ।
 
यसैगरी च्याप्टर भेलामा अध्यक्षहरु समर बुढाथोकी न्यूजर्सी, दिलु पराजुली केन्टकी, घनश्याम खड्का कनेक्टिकट, रामहरी अधिकारी न्यूयोर्क, दुर्गाप्रसाद श्रेष्ठ मेरिल्याण्ड, बुद्धि सुवेदी विइस कान्सस र सत्य चौधरी इलिनेले प्रगती विवरण पेश गरेका थिए, भने प्रस्तुत प्रगती बिवरणमा छलफल समेत गरिएको न्यूयोर्क च्याप्टर सचिव महेश खड्काले जानकारी दिए ।
 
राष्ट्रिय समन्वय समिति अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा भएको दोश्रो चरणको पूर्ण बैठकमा आईसिसि डिआरसि, आईसिसि मेम्वर,सल्लाहकारहरु, बोर्ड सदस्यहरु तथा क्षेत्रिय उपाध्यक्ष लगायतले धारणा राखेका थिए ।
 
 
बैठक तथा रात्रि भोज सहित गरिएको तिन चरणको बैठक तथा भेलाको आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले एनसिसिका अध्यक्ष सहित पदाधिकारी तथा बोर्ड सदस्य, बिभिन्न राज्यबाट आएका च्याप्टर अध्यक्ष सहित पदाधिकारी, सल्लाहकारहरुमा धन्यवाद ज्ञापन गरेका छन् ।
 
च्याप्टर अध्यक्ष अधिकारीले कार्यक्रम सम्पन्न गर्नका लागि अहोरात्र खट्ने उपाध्यक्ष विष्णु रानामगर, सचिव महेश खड्का, कोषाध्यक्ष इन्दिरा घर्तिमगर, महिला संयोजक कञ्चन केसी, बोर्ड सदस्य बेगम पण्डित, गोपाल गुरुङ, बिजय गुरुङ र प्रेम कुमार राईलाई बिशेष धन्यवाद ज्ञापन गरेका छन् ।