मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

फूलचोकीमा बेपत्ता भएका किशोरकिशोरी १६ फेला परे

फूलचोकीमा बेपत्ता भएका किशोरकिशोरी १६ फेला परे


ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ । 
 
बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसरले जनाएको हो । अपराह्न ४ः३० बजे उनीहरु हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी शुरु गरेको परिसरका प्रवक्ता शेखर खनालले बताए । 
 
परिसरले मातहतमा वृत्त र प्रभागमा कार्यरत प्रहरी कर्मचारीसहित सात टोली फूलचोकी जङ्गलमा खटिएको थियो । किशोर किशोरी गोदावरी बसपार्कबाट १० किलोमिटर परको जङ्गलको मध्य भागमा पर्ने खोँचमा फेला परेको प्रहरीले जनाएको छ । 
 
किशोर किशोरी आठ/आठ जनाको समूहमा घुम्न गएका थिए । बाटो बिराएर दिनभर भौँतारिँदा उनीहरु भोक र तिर्खाएको अवस्थामा फेला परे । उनले भने, “हामीले राति नै अभिभावकको साथमा फर्काएका छौँ ।” 
 
वर्षेनी धेरै किशोर किशोरी तथा युवा जाडोको मौसममा हिउँसँग खेल्न भन्दै फूलचोकी जाने गरेका छन् । प्रहरीले निषेध गरेका क्षेत्रमा समेत पुग्दा जङ्गलमा बेपत्ता हुने घटना वर्षेनी हुने गरेको छ । 
 
अघिल्लो वर्ष विद्यालयबाटै घुम्न गएका जोन तामाङ जङ्गलमा एक सातापछि मात्रै भेटिएका थिए ।