मनोरञ्जन

अनमोल केसी अमेरिकामा

160 पटक पढिएको

11th Jan 2019, Friday | २०७५ पुष २७, शुक्रबार ०८:४१
नायक अनमोल केसी आफ्नो नया चलचित्र ‘ए मेरो हजुर ३’ को एउटा गीत र केहि दृश्य छायांकनको लागि अमेरिका आएका छन् । अनमोललाई अमेरिकाको डीसी महानगर स्थित डलस विमानस्थलमा ‘ए मेरो हजुर ३’कि नव नायिका सुहाना थापा , चलचित्र कि निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापाले स्वागत गरेका थिए ।
 
केसीले मेहनत साथ काम गरिरहेको र आफ्ना सबै प्रशंसक तथा नेपाली चलचित्र मन पराउनु हुने सबैलाई माया गरि दिनु हुन् अनुरोध समेत गरेका थिए । 
 
चलचित्रका  निर्माता सुनिल कुमार थापा तथा निर्देशक झरना थापा कि सुपुत्री सुहाना थापा हुन् । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।
 
अनमोलको अमेरिकाको बसाई केवल दुई हप्ता हुने बताइएको छ I