मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अन्ततः फुट्यो विवेकशील साझा

अन्ततः फुट्यो विवेकशील साझा


काठमाडौं । अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । संयोजकमध्येका एक उज्ज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् । 
 
३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् ।
 
पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालैमात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समीक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । 
 
तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्ज्वल थापा समूहले नयाँ दल गठन गरेको जनाएका छन् I