मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोबाइलको ब्याट्री पड्किँदा बालकको मृत्यु

मोबाइलको ब्याट्री पड्किँदा बालकको मृत्यु


विराटनगर । विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा मोबाइलको ब्याट्री पड्किँदा एक बालकको मृत्यु भएको छ ।
 
शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छन् ।
 
निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 
 
आगो बलेको ठाउँमा पुरानो मोवाइलको ब्याट्री रहेको र सोही ब्याट्री पड्किएको हुनसक्ने प्रहरीले बताएको छ । घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको छ ।