मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छतबाट खस्दा दुईको मृत्यु

छतबाट खस्दा दुईको मृत्यु


भक्तपुर । सूर्यविनायक नगरपालिका–१ सिरुटारका सञ्जीव राउतको तीन वर्षीय छोरा सभ्य राउत घरको छतबाट खसेर बिहीबार मृत्यु भएको छ । 
 
छिमेकी केशव राजथलाको घरमा हजुरआमासँग गएको अवस्थामा साढे दुई तला माथि छतबाट खस्दा घाइते भई मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्त रेवतीरमण पोखरेलले जानकारी दिए । 
 
त्यसैगरी चाँगुनारायण नगरपालिका–९ ताथली नाला जाने सडकको छेउमा भोजपुर साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल बिएम इँट्टाभट्टा सुडालमा काम गर्ने ३४ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । 
 
अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसनधानबाट खुलेको जानकारी दिँदै उनले अनुसन्धान शुरु गरी शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रवक्ता पोखरेलले जानकारी दिए । 
 
बलात्कार गरेको अभियोगमा पक्राउ 
 
उदयपुर त्रियुगा घर भई हाल काठमाडौँ बस्ने १५ वर्षीया एक बालिकालाई मध्यपुरथिमि–३ गट्ठाघरस्थित आफ्नै कोठामा बोलाई चार जनाले सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल गट्ठाघर डेरा गरी बस्ने २५ वर्षीय शिवजी भन्ने रिपुमर्दन बस्नेत, १८ वर्षीय सुशान्त खड्का, १८ वर्षीय सुशील कार्की, रौतहट चन्द्रपुर–१ घर भई हाल लोकन्थली बस्ने १८ वर्षीय प्रवेश बस्नेत रहेका छन् । 
 
यही पुस २४ गते दिउँसो बालिकालाई आफ्नै कोठामा बोलाएर चारै जनाले सामूहिक बलात्कार गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त थिमिले चारै जनालाई पक्राउ गरी अनुसन्धान गरी आजै भक्तपुर जिल्ला अदालतमा पेश गरी जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।