मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वकै सबैभन्दा धनी दम्पत्तीबीच सम्बन्ध विच्छेद

विश्वकै सबैभन्दा धनी दम्पत्तीबीच सम्बन्ध विच्छेद


हिमालयखवर संवाददाता
अमेरिका- विश्वकै सवैभन्दा धनी जोडीविच सम्वन्ध विच्छेद भएको छ । अनलाइन कारोवार गर्नेविश्वकै सवैभन्दा धनी दम्पत्ती विच सम्वन्ध विच्छेदले आफुहरु विचको २५ बर्ष लामो बैवाहिक सम्वन्ध समाप्त भएको वुधवार घोषणा गरेका हुन् ।
 
टुईटरमा संयुक्त वक्तव्य दिदैं आपसी समझदारीमा सम्वन्ध विच्छेद भएको उनीहरुले जानकारी दिएका हुन् । लामो माया र केही समय अलग बस्दाको अनुभव पछि आफुहरु वैवाहिक सम्वन्ध विच्छेद गर्ने निर्णयमा पुगेको वक्तव्यमा उल्लेख छ ।
 
२५ बर्ष अघि स्थापना भएको एमाजोन अहिले विश्वकै सवैभन्दा प्रभावशाली कम्पनी भएको छ । बेजोस अहिले विश्वकै सवैभन्दा धनी व्यक्ति हुन् । ब्लुमवर्ग विलिनियर इन्डेक्सका अनुसार बेजोसको सम्पत्ति करिव १३७ अर्ब डलर रहेकोे छ   । यस अनुसार यो एउटा मंहगो सम्वन्ध विच्छेद हुने छ ।
 
जेफ ५४ बर्ष र म्याकेन्जी ४८ बर्षकी छन् । यी दम्पत्तिका तीन छोरा र एक धर्म छोरी छन् । म्याकेन्जी लेखिका हुन् ।
 
गत बर्ष यो दम्पत्तीले २ अर्ब डलर बरावरको समाजसेवाका लाग च्यारेटी प्रोजेक्ट स्थापना गरेका थिए ।  म्याकेन्जीले केही बर्ष अघि एउटा अन्तवार्तामा हेज फण्डसम्वन्धि काम गर्ने कम्पनीमा अन्तर्वाता दिन जांदा जेफलाई भेटेको वताएकी थिइन । यसको तीन महिना पछिनै दुवैले विवाहगर्ने निर्णय गरेका थिए । विवाह गरेको केही समय पछि जेफले एमाजोन कम्पनी स्थापना गरेका थिए । तस्बिर: सामाजिक संजाल