मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेश पठाइदिने आश्वासनमा एक करोड पचास लाख ठगी गर्ने पक्राउ

विदेश पठाइदिने आश्वासनमा एक करोड पचास लाख ठगी गर्ने पक्राउ


काठमाडौँ । महानगरीय अपराध महाशाखाले विदेश पठाइदिने भन्दै आश्वासन देखाएर ठगी गर्ने रु एक करोड ५० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । 
 
पुतलीसडकमा गेट्स कन्सल्टेन्सी सञ्चालन गरी अष्ट्रेलिया, क्यानडालगायतका मुलुक पठाइदिने भन्दै २० जनाभन्दा धेरै व्यक्तिसँग रु एक करोड ५० लाख ठगी गर्ने पाल्पाका ३४ वर्षीय गणेश ढकाललाई बुधबार दिउँसो महाशाखाको टोलीले पक्राउ गरेको हो । 
 
महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले भक्तपुरको सूर्यविनायक बस्ने आभाष खनाललाई क्यानडा पठाइदिने भन्दै रु सात लाख ठगी गरेको उजुरीका आधारमा ढकाललाई पक्राउ गरिएको जानकारी दिए । 
 
ढकालले ठगी गरेको पैसा खनालले मागेपछि खाली चेक दिएकाले उनलाई बैंकिङ र ठगी कसुरअन्तर्गत पनि अनुसन्धान भइरहेको प्रवक्ता उप्रेतीले बताए । 
 
काठमाडौँमा ढकाल जस्ता ठगी गर्ने गिरोहले विभिन्न म्यानपावर र कन्सल्टेन्सीका नाममा ठगी गर्दै आएको पीडितहरुले जनाएका छन् । कतिपय पीडितहरु आफ्नो पैसा फिर्ता गराउने आशामा दलाल तथा ठगी गर्ने गिरोहबारे मुख खोल्दैनन् । जसका कारण दिनहुँ सर्वसारधारण ठगिँदै आएका छन् ।