मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दक्षिण सिमावाट आउने आप्रावासीका कारण सुरक्षा र मानविय संकट अमेरिकी राष्ट्रपति

दक्षिण सिमावाट आउने आप्रावासीका कारण सुरक्षा र मानविय संकट अमेरिकी राष्ट्रपति


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण सिमावाट आउने गैरकानुनी आप्रावासीका कारण सुरक्षा र मानविय संकट सृजना भएको दावी गर्दै अमेरिकी जनतासंगै सिमामा पर्खाल लगाउने आफ्नो योजनामा समर्थन जनाउन आग्रह गरेका छन् ।
 
राष्ट्रपति कार्यालय ओभल अफिसवाट मंगलवार सांझ राष्ट्रका नाममा सम्वोधन गर्दै अमेरिकी राष्ट्रपतिले अमेरिकाले कानुनी रुपमा विश्वभरका नागरिकलाई अमेरिका आउने दिएको तर, अनियन्त्रित रुपमा गैरकानुनी तवरवाट मेक्सिकोको बाटो भई आउने आप्रावासीले गर्दा अमेरिका भित्र संकट सृजना भएको वताउंदै त्यसलाई आफुले रोक्न खोज्दा कांग्रेस र डेमोक्र्याट पार्टी वाधक भएको आरोप पनि लगाए ।
 
अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेको खर्च विद्येयक अमेरिकी संसद कांग्रेसले स्विकृत नगर्दा सरकारी कामकाज आंशिक रुपमा ठप्प भएको १८ दिन हुन लाग्दा देशवासीका नाममा सम्वोधन गर्दै ट्रम्पले आम नागरिकसंग आफ्नो सिमामा पर्खाल लगाउने योजनामा समर्थन जनाउन आग्रह गरेका हुन् ।
 
दक्षिण सिमावाट अनियन्त्रित रुपमा आउने गरेको गैरकानुनी आप्रावसाीको प्रवाहलाई आफुले रोक्न चाहेको पनि उनले वताए । यहांवाट ड्रग कारोवारी, अपराधीहरुपनि छिर्ने गरेको दावी राष्ट्रपतिले गरे । तर, डेमोक्र्याट र कांग्रेस यो संकट समाधान गर्न चाहेको छैन ट्रम्पले भने ।
 
गैरकानुनी रुपमा आउने ड्रगले प्रत्येक साता ३०० अमेरिकनको मृत्यु हुने गरेको, मेक्सिको सिमावाट अमेरिका छिर्ने क्रममा कयौंको बलात्कार हुने गरेको पनि ट्रम्पले दावी गरे । मानव तस्करी र ड्रग कारोवारीलाई रोक्न दक्षिण सिमाको सुरक्षा अझ मजबुत वनाउनुपर्ने ट्रम्पले वताए ।
 
कांगेसमा डेमोक्र्याट पार्टीको बहुमत छ । यही कारण ट्रम्पले खर्च प्रस्ताव स्विकृत नभएको हो । उनले सिमामा पर्खाल लगाउन ५ अर्ब ७० करोड अमेरिकी डलर स्विकृत गर्न आग्रह गरेका छन् ।
 
संसद कांग्रेसमा बहुमत गरेको डेमाक्र्याट पार्टी नेता नेन्सी पोलेसीले सिमामा पर्खाल लगाउनु अमानविय भएको जनाउंदै यसका लागि एक डलर पनि स्विकृत नगर्ने अडान व्यक्त गरिन् । सिनेटमा विपक्षी पार्टी डेमोक्र्याटका नेता चक सुमरले कुनै महत्वपुर्ण विषयमा मात्र राष्ट्रपतीले ओभल अफिसवाट सम्वोधन गर्ने परम्परा रहेपनि यसपटक राष्ट्रपति ट्रम्पले आफ्नो स्वार्थका लागि उपयोग गरेको आरोप लगाए । तस्बिर: सामाजिक संजाल