मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

एमी ज्याक्सनको इन्गेजमेन्ट

एमी ज्याक्सनको इन्गेजमेन्ट


बलिउडमा २०१८ मा धेरै स्टारले विवाह गरे । दीपिक–रणवीर र प्रियंका–निकको विवाहपछि अब २.० की अभिनेत्री एमी ज्याक्सनले आफ्ना प्रेमी जर्ज पानायियोटौसँग इन्गेजमेन्ट गरेकी छन् । यसको जानकारी उनले आफैं सोसल मिडियामा पोटो पोस्ट गरेर दिएकी हुन् । एमीले प्रेमी जर्जसँग जाम्बियामा इन्गेजमेन्ट गरेकी हुन् ।
 
उनीहरू त्यहाँ नयाँ वर्ष मनाउन पुगेका थिए । एमीले जर्जसँग फोटो सेयर गर्दै खुसी व्यक्त गरेकी छन् । उनले फोटो क्याप्सन लेखेकी छन्, ‘१ जनवरी २०१९ उत्साहले भरिएको नयाँ जिन्दगीको सुरुआत, आई लभ यु, दुनियाँकी सबैभन्दा खुसी युवती बनाइदिएकोमा तिमीलाई धन्यवाद ।’ तस्बिरमा एमी आफ्ना प्रेमीसँग देखिएकी छन् ।
 
जर्जले लगातार एमीलाई किस गरिरहेको देखिन्छ । फोटोमा एमीको हतमा हीराको औंठी देख्न सकिन्छ । एमीसँग उनका प्रेमी जर्जको भेट २०१६ मा एक साथीमार्फत लन्डनमा भएको हो । त्यही क्रममा उनीहरू नजिकिएका हुन् ।
 
जर्ज व्यापारी हुन् । एमी यसअघि अभिनेता प्रतीक बब्बरसँग नजिकिएकी थिइन् । एमीले ‘एक दिवाना था’, ‘सिंह इज ब्लिंग’ लगायतका फिल्ममा पनि काम गरेकी छन् । एमी बलिउडभन्दा साउथ इन्डियन फिल्ममा ज्यादा देखिन्छिन् । एजेन्सी