मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुखमा अमृतकुमार राई

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुखमा अमृतकुमार राई


काठमाडौँ- सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ।

गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो।

भट्टराई फिर्ता भएपछि उक्त पद परराष्ट्र सचिव शंकर बैरागी वा सह-सचिव एवम् प्रवक्ता भरतराज पौडेलले पाउने अड्कलबाजी गरिएको थियो।

तर दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राईलाई कार्यकाल पुरा नहुँदै फिर्ता बोलाएपछि भने उनलाई नै न्यूयोर्क पठाउने निश्चित प्राय ठानिएको थियो।

स्रोतकाअनुसार सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ओली निकट मानिने राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगको प्रमुखको जिम्मेवारी दिएको हो।

यसअघि भट्टराईलाई न्यूयोर्कबाट कार्यकाल सकिन एक महिना अगावै सरकारले फिर्ता बोलाएको थियो। देश सञ्चार बाट