मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

श्रीमतीलाई करणी गरेको आरोपमा कैद फैसला

श्रीमतीलाई करणी गरेको आरोपमा कैद फैसला


भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ । 
 
अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । 
 
न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ । 
 
तामाङले गत असोज २४ गते आफ्नो इच्छाविपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । 
मुलुकी अपराध संहिता ऐन, २०७४ ले ।ीमतीको सहमती बेगर यौन सम्पर्क राखेमा अपराध ठहर गरेको छ ।