मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार वाइडबडी घोटाला लुकाउन उद्यत : नेता पौडेल

सरकार वाइडबडी घोटाला लुकाउन उद्यत : नेता पौडेल


नवलपरासी । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकारले वाइडबडी विमान खरिद प्रकरणमा भएको घोटाला लुकाउन उद्यत रहेको बताएका छन् । 
 
नेता पौडेलले लेखा समितिले बुझाएको प्रतिवेदन संसदमा प्रस्तुत नहुँदै बाहिर ल्याउनु वाइडबडी विमान खरिदमा ढाकछोप गर्न खोजेको आरोप बताउँदै भने– ‘यो छानबिन समिति वा कुनै आयोग होइन, ढाकछोप आयोग हो ।’ 
 
नेता पौडेलले उनले छानबिनका लागि संसदीय समिति बनाउनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै अहिले भ्रष्टाचारी नै भ्रष्टाचारीको सरकार भएको बताए ।
 
आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
 
कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले पार्टीलाई मजबुद गराउन शीर्ष नेताहरु मिलेर, एकता गरेर जानुपर्नेमा विकल्प नभएको जोड दिए पनि नेता पौडेलले भने– ‘हात मिलाउँदैमा पार्टी एकता हुन्छ ?’ 
 
उनले एकता हुनका लागि एजेन्डाका विषयमा कुरा मिल्नुपर्ने जिकिर गरे । उनले शीर्ष नेताहरुमात्र मिलेरमात्रै नहुने बताउँदै जिल्ला तहका नेतामा पनि एकता हुनुपर्नेमा जोड दिए ।
 
समारोहमा पोषण केसी, वसन्तप्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई सूर्यभक्त–पतनादेवी स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो । 
 
प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवम् नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना गरिएको हो ।