मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डिभाइन क्लव वल्डवाइड, युएस ए द्धारा आध्यात्मिक सिबिर २०१८ सम्पन्न

डिभाइन क्लव वल्डवाइड, युएस ए द्धारा आध्यात्मिक सिबिर २०१८ सम्पन्न


नेपालीहरुका लागि निस्वार्थ भक्तिको उद्देश्य लिएर २०१३ सालमा स्वामी श्री हरिदास जी द्धारा स्थापना गरिएको डिभाइन क्लव वल्डवाइड, यु एस ए एउटा गैर्रह नाफामुलक संस्था हो । नयाँ वर्ष २०१९ (भक्ति दिवश)को अवसरमा लस एन्जलसमा डिसेम्वर २६ देखी २८ सम्म डिभाइन क्लव वल्डवाइड, यु एस ए का स्वयं सेवकहरुद्धारा युवाहरुका लागि आध्यात्मिक १स३बर सम्पन्न गरियो । 
 
कार्यक्रम लस एन्जलसवासी नेपाली समुदायद्धारा निर्मित पशपतिनाथ-बुद्ध मन्दिरमा संचालन गरिएको थियो । सामाजिक संलग्नतामा डिभाइन क्लव वल्डवाइड, युएसएले सामाजिक कार्यक्रम र अध्यात्म लाइ सँग सँगै अगाडी बडाउने गर्दछ । कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरु टेक्सास, कोलोराडो,मिनेसोटा, भर्जिनिया, क्यालिफोर्निया आदिवाट युवा सहभागीहरुको उपस्थिति थियो ।
 
कार्यक्रम साधना, योग र ध्यानका साथ विहान ६ वजे बाट शुरु भएको थियो । पशुपतिनाथ(बद्ध मन्दिरका अध्यक्ष गोकुल पौड्याल, मन्दिरका सल्लाहकार राजेन्द्र सिवाकोटी, तथा मन्दिरका गुरु आचार्य चुडामनि पाठकका साथै विभिन्न व्यतित्वहरुको उपस्थितीमा क्यालिफोर्नियाका लागि नेपाली अवैतानिक महावाणिज्य दुत ऋषि ढकालद्धारा उद्घाटन गरिएको कार्यक्रममा ढकालले लस एन्जलसमा नेपाली वालवालिकाको बढदो जनसंख्यालाइ मध्यनजर राख्दै निश्वार्थ रुपमा गरिने यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गरिरहनुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा अतिथि स्वागतार्थ डिभाइन क्लव वल्डवाइड, युएस ए द्धारा स्वागत नत्य प्रस्तुत गरिएको थियो ।
 
युवाहरुका निम्ति डिभाइन क्लव वल्डवाइड, युएस ए का स्वयंसेवकहरुद्धारा सांस्कतिक कार्यक्रम, प्रश्नोत्तर कार्यक्रमका साथै अन्य रोचक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको दोस्रो दिन सहभागीहरुद्धारा ग्रीफीत अव्जर्भेटोरी पार्कमा आध्यात्मिक भ्रमण गर्दै उक्त स्थानमा ध्यानको कार्यक्रम गरियो भने हलिउड हिलको शिरमा बसी रुपध्यानको कार्यक्रम गरियो ।
 
त्यसैगरी मन्दिर सफाइ कार्यक्रम जस्ता सामुहिक सहभागितामा भाइचारा, धैर्यता र विश्वास जगाउने कार्यक्रमहरु समेत समावेश गरिएको थियो । कार्यक्रमको समापनमा सहभागीहरुद्धारा धार्मिक नत्य तथा कष्ण लिला प्रस्तुत गरिएको थियो । कार्यक्रमको सफलता सँगै डिभाइन क्लव वल्डवाइड, युएस ए भविश्यमा यस्ता कार्यक्रम निरन्तर रुपमा आयोजन गर्न उत्सुक देखिएको छ ।