मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चेम्बरको साधारण सभाले गर्यो यी निर्णयहरु

चेम्बरको साधारण सभाले गर्यो यी निर्णयहरु


टेक्सस(अमेरिका)-  आगामी वर्ष  २०१९ का लागी विविध कार्यक्रमहरूको तर्जुमा गर्दै अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन  च्याम्बर अफ कमर्सको चौथो साधारण सभा सम्पन्न भएको छ। 
 
डालस क्षेत्रमा रहेका नेपाली व्यवसायीहरूद्वारा स्थापित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले आज आयोजना गरेको साधारण सभाबाट २०१९ का लागी विविध योजनाहरू तय भएका हुन्। 
 
आगामी मार्च महिनामा अमेरिकामा नै पहिलो पटक 'महिला उद्धमी तथा नेतृत्व सम्मेलन' गर्ने, आगामी सेप्टेम्बरमा पहिलो पटक 'नेपाली प्रविधि सम्मेलन' गर्ने, अधिकांश नेपाली व्यवसायीहरू संलग्न रहेका क्षेत्रसँग सम्बन्धित विषयमा वर्ष भरिमा कम्तीमा ५ ओटा निश्चित विषयका सेमिनार गर्ने र   नेपालीहरूले सुरुवात गरेका नयाँ ब्याबसायहरुलाई प्रोत्साहन गर्न ' बिजनेश सावोर' गर्ने निर्णय आजको साधारण सभाले गरेको छ। 
 
साधारण सभा कै अवसर पारेर आफ्ना सदस्यहरूलाई विभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्न 'च्याम्बर डिस्काउन्ट कार्ड' सो सुरुवात समेत गरिएको छ। 
यसै गरी हाल सञ्चालित 'चेम्बर मिक्स' लाई मासिकरुपमा सञ्चालन गर्ने, मासिक च्याम्बर बुलेटिन प्रकाशित गर्ने र विभिन्न विषयमा च्याम्बरले आयोजना गर्दै आइरहेका विविध सेमिनारहरूलाई निरन्तरता दिने निर्णय समेत साधारण सभाबाट गरिएको छ। 
 
स्मरण रहोस्, नेपलिज अमेरिकन  च्याम्बर अफ कमर्सले २०१८ मा ९ पटक च्याम्बर मिक्स र ८ पटक विविध सेमिनारहरूको आयोजना गरेको थियो।  च्याम्बरद्वारा हरेक वर्ष आयोजना हुने 'वार्षिक डिनर' डालस क्षेत्र कै एक महत्त्वपूर्ण र आकर्षक कार्यक्रम हो।
 
साधारण सभाका अवसरमा बोल्दै संस्थाका संस्थापक सभापति वासुदेव भण्डारीले ४ वर्ष अघि जन्मिएको यो संस्थाले छोटो समयमा उल्लेख्य काम गरेको स्मरण गर्दै अझ धेरै काम गर्न बाँकी रहेको बताउनु भयो।  यस गरी संस्थाका वर्तमान सभापति मनोज सिग्देलले च्याम्बरको यात्रामा डालस क्षेत्रका हरेक व्यवसायीहरूको सहयोग र साथको आवश्यकता रहेको उल्लेख गर्नु भयो।     ​